देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन नेताहरू पोर्चुगल

देशान्तर

पोर्चुगल ।   नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलले राजधानी लिस्बनमा मार्च ०१ तारिख का दिन बृहत अन्तरक्रिया तथा भेटघाटको आयोजना   गरेको छ ।  ।

उक्त बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा भाग लिनको लागि नेपालबाट नेपाली काङ्ग्रेस केन्द्रीय सह महामन्त्री एवं पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) , नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमती प्रदेशको अर्थ मन्त्री बहादुर सिंह लामा , नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति एवम् बाग्मती प्रदेशको खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य नानुमाया बास्तोला पोर्चुगल पुगेका छन् । 

 उपस्थितिमा बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने लागिएको नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्य सज्जन हमालले जानकारी दिएका छन् । । राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम रहेको ले विभिन्न समाज सङ सङ्गठन लगायतको उपस्थित रहने सदस्य हमालको भनाई छ । अतिथिहरूलाई जन सम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी संस्थापक सभापति पूर्ण बहादुर हमाल पूर्व सभापति लक्ष्मी प्रसाद सापकोटा लगायतले स्वागत गरेको पत्रकार दीपक भण्डारीले पोर्चुगल बाट बताएका छन् ।  । लिस्बोन को कार्यक्रम पश्चात् नेताहरू बेल्जियम जाने कार्य तालिका रहेको छ।