देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए चाइनाद्वारा विश्व साइकलयात्री महर्जनलाई सहयोग

देशान्तर

विश्व साइकल यात्रामा निस्कन लागेका ज्ञान महर्जनलाई गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले साइकल सहयोग गरेको छ ।

आईसीसीको सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महर्जनलाई कार्यकारी अध्यक्ष रविना थापा, आईसीसी सदस्य प्रदीप न्यौपाने लगाएतले साइकल हस्तान्तरण गरेका हुन् ।

एनसीसी चाइनाको सहयोगमा किनिएको साइकल हस्तान्तरण गरेपछि जुमबाटै जोडिएका चाइनाका अध्यक्ष रोहित अग्रवालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विश्व साइकल यात्री महर्जनले पहिलो पटक ग्रेटवाल अफ चाइनाबाट आफ्नो साइकल यात्रा सुरुको स्मरण गरेका थिए ।

विश्वव्यापीरुपमा समस्या बन्दै गएको ग्लोबल वार्मिङको विषयमा जनचेतना जगाउने र गैरआवासीय नेपालीहरुसँग पनि भेटघाट गर्ने उद्देश्यर रहेको बताए ।

कार्यकारी अध्यक्ष थापाले विभिन्न व्यक्तिहरुले एनआरएनएसँग अपेक्षा राखेको बताउँदै सकारात्मक कामका लागि संस्थाले सधै प्रोत्साहन गर्ने बताइन् ।

उनले विश्व साइकल यात्राका क्रममा गैर आवासीयहरुले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।

विश्वसाइकल यात्री महर्जनले जनवरी १५ तारिखबाट आफूले यात्रा सुरु गर्ने जानकारी दिए ।

जनवरी १५ मा मलेसियाबाट यात्रा सुरु गर्ने बताउँदै अहिले स्वीडेनको भिसा लगाउने प्रक्रियामा रहेको र भिसा लागेमा सेन्जन कन्ट्रीहुँदै भ्रमण गर्ने अन्यथा थाइल्याण्ड, लाओस, भेतनाम हुँदै यात्रा गर्ने पनि जानकारी दिए ।