परिस्थिति यस्तो भयो कि योगनन्द अर्थात् नन्द राजा बनेको इन्द्रदत्त आफ्नो शरीर जलेको हुनाले भयभीत हुँदै राजा बनिरहन बाध्य भयो । व्यडीको रायअनुसार उसले वररुचिलाई आफ्नो मन्त्री बनायो ।
वररुचिको राय लिएर योगनन्दले शकटार, जो पहिलेको मन्त्री थियो, लाई सारा परिवारसहित एक अन्धकूपमा कैद ग¥यो । थोरै पानी र सातु त्यहाँ पठाइदियो ।
तर जति खानेकुरो त्यहाँ राखिएको थियो, त्यतिले शकटारको परिवार पालिने कुरो त छाडिदिउँ, केवल एकजना लामो समयसम्म प्राण धान्न समर्थ हुन्थ्यो । शकटारका त पुत्र नै सय थिए ।
अन्त्यमा तिनले सल्लाह गरे, यो खानेकुरो त्यसैले ग्रहण गरोस् जोसित योगनन्दसित बदला लिने क्षमता छ ।
त्यसपछि शकटारका सय पुत्रले सामूहिक रूपमा आफ्ना पिता शकटारलाई भने– ‘पिताज्यू, तपाईंमात्र योगनन्दसँग बदला लिन समर्थ हुनुहुन्छ । हामी कोहीमा त्यो सामथ्र्य छैन । यो सातु सबैले खायो भने एक दुई दिन मात्र खाएर बाँच्न सकिएला । त्यसकारण यो सामल तपाईं नै खानुहोस् । हामी, तपाईंका उद्देश्यका लागि आफूलाई बलिदान गर्दछौं । अब हामी अहिल्यैदेखि निराहार बस्नेछौं । तपाईं यो अन्नजल ग्रहण गरेर योगनन्दसँग बदला लिनुहोला । त्यसका लागि तपाईं हाम्रो अनुरोधमा, जीवन धान्नुहोस् ।’
यसरी सातु र पानीका भरमा शकटार त बाँच्यो । तर उसका पुत्रहरू उसकै आँखाअघिल्तिर धमाधम मर्न थाले । एक पिता, आफ्नै अघिल्तिर आफ्ना पुत्रहरू भोकले छट्पटिएको र अन्त्यमा क्रमशः मृत्युवरण गरेको दृश्य विचलित भएर हेरिरह्यो । यसले योगनन्दसँग बदला लिने उसको अठोट झन्झन् बलवती हुँदै गयो ।
शंकटारको चारैतिर क्रमशः कंकालहरू थुप्रिँदै गए । ती कंकाल आफ्नै पुत्रका थिए । शकटारको क्रोध योगनन्दप्रति झन् बढ्यो ।
समय बित्दै गयो, व्यडीलाई त यी घटनाले यस्तो वैराग्य उत्पन्न भयो कि, ऊ तपस्या गर्न भनेर नगर छाडेर हिँड्यो ।
यता योगनन्द, जो राजाको शरीरमा पसेको इन्द्रदत्त थियो, अब फर्केर इन्द्रदत्त पनि बन्न सक्दैनथियो, किनभने, उसको शवलाई त जलाइदिएका थिए ।
तर राजा बनेको योगनन्द भने अब परिवर्तित हुन थाल्यो । ऊ उच्छृखंल, क्रूर र नियन्त्रण गर्न नसकिने जंगली जनावरजस्तै हुन थाल्यो । खै योगले प्राप्त सत्ता र सम्पत्तिले नन्द राजा बनेको इन्द्रदत्तलाई सनकी बनाइदिएको थियो । अब त ऊ वररुचिलाई पनि नटेर्ने भएको थियो । वररुचि, जो उसको मित्र र मन्त्री पनि थियो । सल्लाह नसुन्ने, सुने पनि नमान्ने भएको थियो ।
यो इन्द्रदत्त राजाको शरीरमा प्रवेश गरेपछि राजा नै भन्ठानेर यस्तो मात्तियो कि वररुचि सोच्न बाध्य भयो । यसरी यसको उन्मत्तताले राज्यको हितमा आघात पुगिरहेको छ ।
उसले सोच्यो, अब राज्यको बढी अमंगल हुन दिने उचित छैन । त्यसको एउटै उपाय छ । यस्तो सोचेर वररुचिले शकटारलाई त्यो गहिरो इनारबाट बाहिर झिक्ने अठोट ग¥यो ।
शकटार बाहिर आयो, वररुचिको सहायताले । त्यति मात्र होइन । वररुचिले शकटारलाई बाहिर निकालेर मन्त्री पदसमेत प्रदान ग¥यो । शकटारलाई मन्त्री बनाएको थाहा पाएपछि इन्द्रदत्त वररुचिसित निकै रिसायो । यी दुई पहिले मित्र थिए, अब राजा र मन्त्री बनेपछि दुवैको सम्बन्धमा चिरा पर्न थाल्यो । शकटारले पनि बुझ्यो वररुचि हुन्जेल योगनन्द राजा भए पनि केही गर्न सक्दैन । वररुचिसँग राजा भए पनि इन्द्रदत्त पनि डराउँथ्यो ।
राजा योगनन्द बनेको इन्द्रदत्त बिग्रने अवस्थामा विलासी र कामुकसमेत हुँदै गएको थियो । उसको कोठा असंख्या सुन्दरीहरूले भरिभराउ हुन्थ्यो । त्यस्तै कुराको लाभ लिए केही कामुक पुरुष पनि स्त्री भेषमा उसको भित्री कक्षमा छिरेका थिए ।
एकदिन यो कुरा वररुचिलाई बताइदिए । तर त्यसको उल्टै असर भयो राजामा । ऊ त्यस षड्यन्त्रको पनि सूत्रधार वरुरुचिलाई मान्न थाल्यो । अब राजा अर्थात् इन्द्रदत्त आफ्नै पुरानो मित्र वररुचिसँग झन् सशंकित रहन थाल्यो । अब यसले के षड्यन्त्र गर्न आँट्यो ?
राजा बनेको इन्द्रदत्तले आफ्नै पूर्वमित्रका पछाडि जासुसहरू लगाइदियो । जासुसहरूको काम हुन्थ्यो, वररुचिको बिहानदेखि रातिसम्मको गतिविधिको खबर राजालाई दिने । त्यसरी हुन त केही निस्केन । तर त्यस्तैमा एकदिन एउटा यस्तो घटना घटित भयो, जसले राजालाई आफ्नै मित्रप्रति झन् बढी शंकालु बनायो मात्र होइन, ऊ वररुचिलाई देख्नै नसक्ने भयो । के थियो त त्यो घटना ?
(पछिको अंकमा)
प्रतिक्रिया