देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

देशान्तर

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।

आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

टी-२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् ।