देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पलाँस द्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा

देशान्तर

काठमार्डौ । गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय परिषद अमेरिका, नेपाली भाषा, साहित्य समिति (२०२३ -२०२५) को आयोजनामा गीतकार शिव पलाँस द्वारा लिखित गीत संग्रह “माया गर्नुको अर्थ” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट गरिएको यो कार्यक्रममा नेपाल , अमेरिका , क्यानडा र बेलायतका बिभिन्न साहित्यकार सहभागी थिए । कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा गीतकार लालगोपाल सुबेदीले पलाँसलाई प्रतिबध्द र गम्भीर गीतकारको संज्ञा दिए ।

राजेन्द्रप्रसाद अर्यालको सभापतित्व भएको सो परिचर्चा कार्यक्रमका बिशेष अतिथि बरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले शिव पलाँस लाहुरे गीतकार नभएको र उनको गीति लेखनको शैली पृथक एवम् आकर्षक रहेको धारणा राखे । खेमराज पोखरेल , अन्जु शर्मा , डा कुसुमाकर शर्मा , डा ऋषि बस्ताकोटी , रुद्र अधिकारी , गोविन्द कोईराला लगाएतले पुस्तकमाथि समालोचकीय धारणा राखेका थिए भने कृतिकार पलाँसले उठेका जिज्ञासाहरुमा जवाफ दिएका थिए । कार्यक्रममको सहजिकरण विश्वराज अधिकारी गरेका थिए ।