देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पिरिम लाम’ भन्दै आए पारस शाह

देशान्तर

काठमाडौँ ।  अभिनेता पारस विक्रम शाह अभिनीत ‘पिरिम लाम’ बोलको गीत सार्वजनिक भएको छ । कमल के क्षत्री र इन्दिरा रजक तिवारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पारस सँगै इसा अधिकारीको पनि अभिनय रहेको छ । दाङ स्थायी घर भएका पारसले यस अघि चलचित्र जोनी जेन्टल म्यानमा अभिनय गरिसकेका छन् । म्युजिक भिडियोमा भने उनको यो डेब्यू मोडलिङ हो । 

 विकास पाण्डेको शब्द सङ्गीत रहेको यो गीतको म्युजिक भिडियोमा सुरज तामाङले कोरियोग्राफी रहेको छ भने  भिडियोको नितिन कुमार चन्दले छायाँङकन सम्पादन र  निर्देशन गरेका हुन् । कलाकार तथा खेलाडी बिरुभाई बज्राचार्यको चेला पारस तेक्वान्दो खेलाडी पनि हुन् ।