प्रिय पाठक,
यसअघि के कथामा तपाईंले पढ्नु भयो, गुरुले तीन शिष्यसँग दक्षिणका रूपमा एक करोड स्वर्ण मुद्रा मागे । त्यति मुद्रा त राजा नन्दले मात्र दिन सक्छन् भनेर वररुचि इन्द्रदत्त र ब्याजी राजा नन्दको राज्यमा अनेक दुःख झेल्दै पुगे । तर यिनीहरू पुग्नुअघि नै राजा नन्दको मृत्यु भएको समाचार आयो । यिनीहरू सोचमा परे, अब के गर्ने ?
यिनले देखे मन्त्री र प्रजाजन शोकमा डुबेका छन् । नन्दको शवका चारैतिर मानिस बसेर विलाप गरिरहेका छन् । तीनै मित्र अलिक परतिर गएर सल्लाह गर्न थाले ।
के गर्ने हो, त्यसमा उनीहरू स्पष्ट थिएनन् । त्यतिकैमा तीनमध्ये एक शिष्य इन्द्रदत्तले भने– ‘एउटा उपाय छ, अनि त्योभन्दा अर्काे उपाय यो समस्याको म देख्दिनँ मित्रहरूले भने– ‘के हो, त्यो उपाय । त्यसलाई तत्काल कार्यमा ल्याउनु प¥यो ।’ इन्द्रदत्तले भन्यो– मित्र हो, योगसिद्धिद्वारा म परकाया प्रवेश विद्या जान्दछु । त्यसकारण म यस मृत राजाको शरीरमा प्रवेश गर्दछु । वररुचि याचक बनेर जानेछ । म राजा भएर जीवित भएपछि यसलाई एक करोड स्वर्णमुद्राको दान दिनेछु । त्यतिञ्जेल मेरो निष्प्राण देहको रक्षा गर्नेछ । पछि फर्केर आएपछि मैले आफ्नै शरीर धारण गर्नुपर्ने हुन्छ । तर यो काम गुप्त रूपमा गरिनेछ ।
तिनीहरू नगरभन्दा निकै बाहिर गए । त्यहाँ एउटा निर्जन पुरानो देवालय थियो । इन्द्रदत्तले आफ्नो शरीर त्यही छाडेर अर्थात्, प्राण त्याग गरे र उनको आत्माले नन्दको निष्प्राण देहमा प्रवेश ग¥यो । वररुचि याचक बनेर त्यहाँ पुगिसकेका थिए । त्यहाँ नन्दका नातेदार, भारदारहरू नन्दको निष्पण देहको वरिपरि बसेर विलाप गरिरहेका थिए ।
एकाएक राजा नन्दको देह चलमलाएजस्तो देखे । पहिले त तिनलाई भ्रमजस्तो लाग्यो पछि नन्दले आफ्नो पट्टल उघारेर सोधे– ‘मलाई के भएको थियो ?’ निद्राबाट बिउँझेझै गरेर राजा नन्द उठेर बसे । उनको देहमा प्राण सञ्चार भएर चल्मलाउन थालेदेखि नै भारदार आशान्वित भएका थिए । अब झन् बोल्दै उठेपछि सबैको हर्षको सीमा रहेन । तिनीहरू आफ्नो राजालाई पुनजीर्वित देखेर हर्षित भए । तत्काल मृत्युको शोक जीवनको उत्सवमा परिणत भयो । सारा जन बाजागाजासहित उत्सव मनाउन थाले ।
वररुचि त्यस शिविरमा पुगे । उनले पहिले स्वास्तिवाचन गरे र दीर्घायुको कामना गरे राजा नन्दप्रति ।
त्यसपछि वररुचिले भने– ‘हे राजन यो उत्सवका घडीमा म हजुरकहाँ याचक बनेर आएको छु । मलाई याचना गर्ने अनुमति दिनु हुन्छ ?’
राजाले भने– ‘भन्नुस् ब्राह्मण, तपाईंको अभिलाषा के छ ?’
वररुचिले भने– ‘मलाई एक करोड स्वर्णमुद्राको आवश्यकता छ ? के मेरो इच्छा पूरा गरिदिनुहुन्छ, महाराजा ?’
राजा नन्दको देहमा प्रविष्ठ इन्द्रदत्तको जीवले भने– ‘यस्तो समयमा आएर याचना गर्नेलाई म खाली हात फर्काउ कसरी सक्छु ।’
यति भनेर उनले आफ्ना प्रधान शकटारलाई आदेश दिए– ‘यिनलाई एक करोड स्वर्णमुद्रा तत्काल प्रदान गर्नू ।’
शकटार बुद्धिमान थिए । उनी सोच्न थाले, राजा जीवित हुनासाथ याचक आउनु र यति बढी धन माग्नु अनि राजाले त्यो धन तत्काल दिने आदेश दिनु, यी सारा कुरा हेर्दा शकटार आशंकित भए ।
उनले वररुचिलाई एकछिन पर्खन भने । त्यसपछि आफ्ना सेवकहरूलाई आज्ञा दिए, राज्यमा जहाँसुकै मुर्दा देखिन्छ, त्यसलाई तुरुन्त जलाइदिनू । नगरभित्र र बाहिर खोजेर हेर्नु, कतै कुनै मुर्दा लुकाएर त राखिएको त छैन ?
सैनिक र सेवकहरू चारै दिशामा दगुरे । ती जति शब पाउँदथे तत्काल जलाइदिन्थे । तर तिनलाई यस्तो शवको पनि खोज थियो जुन कतै लुकाएर राखिएको होस् ।
चारैतिर खोजेर फर्किन आँट्दा एक सैनिकले आफ्नो हाकिमलाई निवेदन ग¥यो ‘हजुर नजिकै एउटा प्राचीन देवालय छ । त्यहाँ अचेल कोही जाँदैन । हामीले सबै ठाउँ हेरिसक्यौं, एउटा त्यो देवालय बाँकी छ । धेरै टाढा पनि छैन यहाँबाट । त्यो एउटा पनि हेर्नु उचित हुन्छ कि ? कारण, जहाँ मनुष्यको प्रवेश प्रायः हुँदैन । त्यस्तै ठाउँमा गोप्य वस्तुहरू प्राप्तिको सम्भावना बढी हुन्छ भनिन्छ । सैनिक प्रधानले त्यसको अनुमति दिए । यसरी शंकटारको आदेश पनि पूरा हुन्थ्यो ।
सैनिक देवालय घेरे । केही सैनिकभित्र पसेर मन्दिरको कुनाकुना चाहार्न थाले ।
नभन्दै तिनीहरूले इन्द्रदत्तको शरीर योगमुद्रामा बसेको देखे । त्यही इन्द्रदत्त शरीर थियो, जुन अब प्राणरहित थियो । उसको आत्मा त राजा नन्दको शरीरमा बास गर्दै थियो ।
सैनिकहरूले तत्काल त्यस शरीरलाई लगाएर खरानी तुल्याइदिए ।
इन्द्रदत्तको शरीर रुङेर बसेका ब्याजीले त्यो देखे । उनी तत्काल आफ्ना मित्रका लागि विलाप गर्दै, नन्द राजा बनेका इन्द्रदत्त समक्ष गएर रुँदै योग नन्द राजालाई भने– महाराज बडो अनर्थ भयो । योग समाधिमा बसेको एक ब्राह्मणको शवलाई तपाईंका सैनिकले बलजफ्ती मसित खोसेर जलाइदिएका छन् ।’
यो सुनेर योगनन्दको दशा अत्यन्त कारुण भयो ।
शंकटारले बुझेँ, अब त्यो ब्राह्मणको जीव नन्दको देश छाडेर कतै जान सक्दैन । शकटारले वररुचिलाई त्यसपछि बल्ल एक करोड स्वर्णमुद्रा दिए ।
यता एकान्त पाएपछि योगनन्दले जो राजा बनेका थिए भने– यो के भयो यस्तो ? म अब ब्राह्मण भइकन पनि रुद्र भएको छु । यो अपार धन सम्पत्ति र राज्य लिएर पनि म के गरुँ ?
व्याजीले उनलाई सान्त्वना दिए– ‘अब दुखी नहोऊ । शकटारले तिम्रो रहस्य जान्यो । त्यससँग सावधान रहनु ।
पूर्वनन्दको छोरो अहिले नाबालिग छ र राज्यका शत्रु धेरै छन् । शकटार चाहन्छ, तिमी केही समय यसैगरी बस । राजाको शरीरमा । अवसर आउनासाथ तिमीलाई यस देहवाट मुक्त गरेर चन्द्रगुप्तलाई राजा बनाउँछ । तिमी अब वररुचिलाई आफ्नो मन्त्री बनाऊ । उनी बुद्धिमान छन् र तिम्रा सहायता गर्नेछन् । अरू पछि…
प्रतिक्रिया