देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा -गुरु–दक्षिणा कति दिने ?

देशान्तर



प्रिय पाठक,
केही समयअगि बररुचिकी पत्नी उपकोशाको सौन्दर्यमात्र होइन उसको बुद्धिमताको र चारित्रिक सवलताको कथा पढ्यौं । उनको प्रशंसा घरघरै हुन्थ्यो । वररुचि तपस्याबाट व्याकरणमा पारंगम भएर घर फर्केपछि उनको पनि आफ्नी पत्नीबारे ज्ञान भयो । सुनेर वररुचि आफ्नी पत्नीसँग अझै स्नेट गर्न थाले र उनको जीवन झन् सुखमय किसिमले बित्न थाल्यो ।
अब सुनौत, हिमालयमा पतस्या गरेर सिद्धि प्राप्त गर्न गएका तिनै वररुचिको कथा । हिमालयमा उनको शिवजीको कठोर समस्या गरे । आँधी बेहेरी सहे, असिना–पानी सहे । जाडोको समयमा नग्न–देह बसेर आराधना गर्दथे । धेरै समय बितेपछि एकदिन शिवजी प्रटक भए । उनी वररुचिको भक्तिले अत्यन्त प्रसन्न थिए । वररुचिले विद्या प्राप्तिका लागि अन्त्यन्त कठोर तप गरेका थिए । अमरता शक्ति वा धनका लागि त तपस्या गर्नेहरु हुन्थ्ये । वररुचि भने व्याकरण विद्या प्राप्तिका लागि तप गरिरहेका थिए । त्यो पनि त्यति कठोर तप ? त्यति दीर्घ समयका लागि ? यो अद्भूत थियो । शिवजीका लागि पनि यो पृथक मागको कठोर तप थियो । त्यसकारण शिवजी वररुचिका सामु प्रकट हुन बाध्यम भए । नत्र उनी त हिमालयको कुनै ढिस्कोमा अथवा प्राकृतिक कन्दरामा ध्यानाटीत भएर बसिरहेका थिए । त्यो वररुचिको तपको अग्ति नै प्रज्जवलित भएर हो, जसको रापले शिवजीलाई त्यो कठोर हिमश्रृंखलाका बीच पनि आफ्नो एक तपस्वी भक्तको कार्यबारे बोध भयो ।
प्रकट हुनुअगि शिवजी एकछिन चिन्तित पनि भए । अब मैले यसको माग सुन्न जानै पर्दछ । ढीलो गरेँ भनेव यो हिउँमै गल्छ र हिउँमै मिल्छ ।
शिवजी भित्रदेखि प्रसन्न पनि थिए, युगौपछि मेरो एक भक्त विद्याका लागि तप गर्दैछ । यद्यपि उनी अन्तर्यामी थिए । तर अन्तर्यामी हुने चेष्टा उनले गरेनन् । किनभने उनी पनि जान्न चाहन्थे, बररुचि कुन प्रकारको विद्या चाहन्छन् ? अष्टसिद्धि विद्या चाहेको हो भने त फेरि त्यसमा शक्तिकै चाहना निहीत हुन्छ । अन्य तपस्वीभन्दा त्यो फरक हुने छैन । यसको चाहना नितान्त अभौतिक रहेछ भने म त्यसलाई तत्काल पूरा गर्नेछु ।
यसरी शिवजी प्रसन्न र उत्सुक पनि भएर वररुचिका आगाड प्रकत भए र भनेँ ‘म तिमीसित प्रसन्न छु । भन भक्त तिमीले यो केठो तप कुन उद्देश्यले गरेका हौंं ?’
वररुचिले सहसा विश्वासै गर्न सकेनन् । उनका अगिल्तिर शिवजी उभिएका छन् । धेरै बेर उनी बोल्न सकेनन् । त्यसपछि धेरै बेर अश्रुघास बगाएर, प्रमुकासामु हात जोडेर उभिइरहे । धेरै बेरपछि शिवले उनको पुछिदिएपछि बल्ल उनी चैतन्य भए र बोल्न समर्थ भए । उनले बारम्बार शिव चरणमा ढोग्दै भने– ‘प्रमु मलाई धन दौैलत, शक्ति सामथ्र्य केही चाहिन्न ।’
‘के चाहन्छौ त ?’ शिवजी अलिक अचम्ति भएर बोले– ‘निसंकोत भएर माग । तिमीजस्ता भक्तसँग म सधैं विशेष प्रसन्न रहन्छु, जो भोतिक सुख सवलका लागि मेरो आराधना गर्दैन । भन, म तिम्रो इच्छा तत्काल पु¥याइदिन्छु ।’
वररुचिले भने – ‘म पाणिनी व्याकरण पारङ्गत हुन चाहन्छु ।’
शिवजीले मुसुक्क हाँसेर भने– ‘तथास्तु !’ त्यसपछि वररुचि शिव–वरदारद्वारा पाणिनी व्याकरणमा निष्णत भए । यिनैले पछि गएर पाणिनी व्याकरणमा ‘वार्तिक’को रचना गरेका हुन् । उनीहरुका गुरु उपाध्याय वर्षले जब थाहा पाए, वररुचिले ‘वार्तिक’को रचना गरेका छन् उनले त्यो सुन्ने इच्छा प्रकट गरे ।
गुरु–आज्ञा शिरोपर गरेर उनी आफ्नो रचना सुनाउन थाले । गुरु वर्ष मुसुमुसु हाँस्दै सुनिरहे । एकैछिनमा उनलाई थाहा भयो । पाणिनी व्याकरण त कुमार कार्तिकेयका वरदानले वर्षलाई पहिल्यै ज्ञान भइसकेको छ । त्यसो भए यो वार्तिक सनाउन र उनलाई तुच्छ लाग्यो होला । वररुचि अलि लज्जित पनि भए । आफ्नो वार्ता बीचमै रोकेर उनी क्षमा माग्दै गुरु वर्षलाई प्रणाम गरेर बिदा भए । वररुचिका अन्य साथी व्याडि र इन्द्रदत्त पनि व्यावकरण शास्त्रमा प्रवीण भए । यी तीनैका गुरु थिए उपाध्याय वर्ष । तीनैले एकदिन सल्लाह गरे, हाम्रो ज्ञानका स्रोत गुरु हुन् । गुरुलाई हामीले प्रसन्न राख्नु पर्दछ । नत्र प्राप्त ज्ञानमै विध्न आउन सक्छ । उनीलाई प्रसन्न तुल्याउन हामी उनी समक्ष जाऔं । उनी प्रसन्न हुनेगरी गुरु दक्षिणा प्रदान गरौं ।
यस्तो मतो गरेर तीनै शिष्य उपाध्य वर्ष, आफ्ना गुरुसमक्ष उभिए ।
गरुले सोधे– ‘तिमीहरु किन आयौ ?’
तीनैजनाले निवदेन गरे– ‘तपाईं हाम्रा पुज्य गुरु हुनुहुन्छ । तपाईंकै ज्ञानको अंशले हामीले यत्रो विद्या आर्जन ग¥यौ हाम्रो समग्र विद्याका आधार तपाईं नै हुनुहुन्छ । हामी तपाईंप्रति आजीवन कृतज्ञ रहनेछौं । त्यही कृतज्ञता प्रकट गर्न , हामी तपाईंलाई गुरु दक्षिण प्रदान गर्न चाहन्छौं । हामीबाट तपाईं के चाहनुहुन्छ, आज्ञा गर्नुहोस्, त्यो हामी पूरा गर्नेछौं ।’
उपाध्याय वर्षले भने– ‘वचन बद्ध छौं ?’ तीनैले भने– ‘बचनबद्ध छौं आज्ञा गर्नुहोस् ।’
सम्भव असम्भव हेर्दैनौं ?
हेर्दैनौं हामीलाई हाम्रो सामथ्र्यमा विश्वास छ । तपाईंको वचन मिथ्या जान दिने छैनौं
‘त्यसो भए मलाई एक करोड स्वर्ण मुद्रा ल्याएर देओ तिमीहरु गुरु दक्षिणाका रुपमा ।’
गुरुले आदेश दिए ।
तर वास्तवमा यो आदेश पूरा गर्नु ती यस दृष्टिले अकिंचन व्राह्मणका लागि असम्भव नै थियो । ती चिन्तामा परे । क्रमशः