काठमाडौं । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकीहरु क्यानडा, मेक्सिको र मुख्य व्यापारिक साझेदार देश चीनलाई अतिरिक्त भन्सार कर लगाएका छन् ।
क्रमशः २५, २५ र १० प्रतिशत अतिरिक्त भन्सार कर आज शनिबारबाट लागू भएको छ ।
ह्वाइट हाउसले कर लाग्नेबारेमा औपचारिक जानकारी सार्वजनिक गरिसकेको छ । क्यानडाबाट आउने तेललाई भने १० प्रतिशतमात्र कर फेब्रुअरी १८ बाट लाग्ने ट्रम्पले बताएका थिए । ट्रम्पले युरोपेली सङ्घलाई पनि कर लगाउने बताउदै आएका छन् । गत जनवरी २० बाट कार्यकाल सुरु गरेका ट्रम्पले ‘पहिले अमेरिका’ नीति लिएर अगाडि जाने बताएका छन् । अवैध आप्रवासी र फेन्टानेल नामक लागुऔषध भित्रन नरोकेको भन्दै क्यानडा र मेक्सिकोलाई कर लादिएको ट्रम्पको दाबी छ । चीनलाई भने व्यापारमा अस्वाभाविक फाइदा लिएको र फेन्टानेललाई ल्याउन दिएको आरोप लगाइएको छ ।
प्रतिक्रिया