काठमाडौं । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताएका छन् ।
कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो । करिब ५ लाख ब्यारेल क्षमताको तेल प्रशोधन केन्द्र र तेल भण्डारण सुविधा पनि निर्माण गरिने जनाइएको छ ।
सरकारले दानन्ताराको प्रारम्भिक बजेट २० अर्ब डलर हुने बताएको थियो । दानन्तारा इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष हो, जुन सन् २०२५ मा राज्यको स्वामित्वमा रहेको सम्पत्ति व्यवस्थापन गर्न सुरु गरिएको थियो ।
दानान्तारा र अन्य परियोजनाहरूको कोषमा कटौती गरेपछि गत महिना धेरै इन्डोनेसियाका सहरहरूमा विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।
प्रतिक्रिया