काठमाडौं । नेपाली कांग्रेसका रामेछाप जिल्लाका पार्टी पदाधिकारीहरूले जिल्ला पार्टी विधिमा सञ्चालन नभएको भन्दै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनिहरुले ऊर्जा राज्यमन्त्री समेत रहेका नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ विधि अनुसार नचलेको भन्दै जिल्लाका पदाधिकारीले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला सभापति तामाङले कार्यकालको सुरुवातदेखि नै पार्टीको विधि विधान र पद्धतिलाई बेवास्ता गर्दै स्वेच्छाचारी ढङ्गबाट शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्वलाई ख्याल नगरी पार्टीमा निरन्तर लागेका इमानदार कार्यकर्तालाई बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।
सभापति तामाङले आफूलाई प्रचण्डले टिकट दिएर माओवादीको भोटले जिताएको भन्दै हिँडेको समेत पदाधिकारीले देउवालाई बुझाएको ध्यानाकर्षणमा उल्लेख छ ।
प्रतिक्रिया