मानौँ तपाईको शरीर पूर्ण स्थिर छ, मुटु चलेको छैन, दिमाग चलेको छैन वा केही पनि चलेको छैन । न हात चलेको छ, न खुट्टा चलेको छ, न आँखा चलाउनु भएको छ । त्यो अवस्थामा तपाईलाई विज्ञानले कतै तपार्इं हाइवरनेशसनमा हुनुहुन्छ कि भन्ने पनि सोच्न सक्छ । साधारणतया तपाई यस्तो मृत्यु भएको अवस्थामा मात्रै देखिनुहुन्छ तर हाइबरनेसन एउटा यस्तो अवस्था हो जुन बेला तपार्इंको मुटुको चाल लगभग स्थिर जस्तै हुन्छ भने खानेकुरा पनि खासै आवश्यक हुँदैन । धेरै चिसोमा बस्ने केही जनावरहरूले यस्तो स्थिति प्राकृतिक हिसाबले नै उनीहरूमा बाँच्नका लागि सिर्जना गर्दछन् ।
फ्रिक्वेन्सी भनेको चलायमान हुनु हो । प्रतिसेकेन्ड केही कुरा कति चलायमान हुन्छ भन्ने मापन गर्न हामी फ्रिक्वेन्सीको युनिट प्रयोगमा लेराउँछ । हर्ज भन्ने वैज्ञानिकले तरंगको मापन गर्न फ्रिक्वेन्सीको परिचय दिए भन्दा हुन्छ । त्यसो भए जीवनको सुरुआत नै फ्रिक्वेन्सीबाट भएको हुनुपर्छ, किनकि हामीले गर्ने हरेक क्रियाकलाप पनि चलायमान छन। सायद विगब्यांग, जसले ब्रह्माण्डको सिर्जना गरायो भन्छौँ त्यसमा पनि स्थिरतामा गतिले प्राण भरेको मान्दछौँ । बुवा र आमाको क्रीडामा पनि गति छ । अनि शुक्रकीट डिम्बसँग मिलन गर्न पनि एकदेखि दुई दिन लगाएर फ्यालोपियन ट्युबमा पुग्छ । हुन त स्पर्मले डिम्बलाई १५ मिनेट देखि ४५ मिनेटको बीचमा नै साक्षात्कार गर्दछ । करोडौँ स्पर्ममध्ये धेरै थोरै मात्र जीवनको खोजीमा आफ्नो फ्रिक्वेन्सीलाई सदुपयोग गर्न सक्छन् । स्पर्मका संख्या मध्ये ५ प्रतिशत मात्र यो जीवन यात्रामा आफूलाई जीवित राख्न सफल हुन्छन् । एउटै अण्डामा यदि बलशाली स्पर्महरूले जीवन खोजेमा दुई वा तीनवटा गरी धेरै बालकहरूले जन्म लिन सक्छन् ।
यसरी हेर्दा ब्रह्माण्डको जन्म मात्र होइन, यहाँभित्रका धेरै जीवनहरू पनि गति र संयमताबाट आफ्नो उत्पति गराउँदछन् । यति मात्र होइन, जीवनको समय समेत गतिमा नै निर्धारण गर्दछन् । छिटो छिटो श्वास प्रश्वास गर्नेले छिट्टै जीवनयात्रा टुंग्याउँदछन् पनि । मानिसको हटबिट ६० देखि १०० हुन्छ र जीवनको यात्रा पनि उस्तै हुन्छ भने जलचर कछुवा (पेन्टेड टर्टल)ले ३० मिनेट देखि १ घण्टासम्म सास रोकिरहन सक्छन् । यी कछुवा हाइबरनेसनको अवस्थामा ६ महिनासम्म सास रोकेर नै बाँच्न सक्छन् ।
मानिसले निदाएको बेलामा कम सास फेर्ने गर्छ । यसरी हेर्दा ब्रेनवेभका गामा, विटा, अल्फा, थिटा र डेल्टा वेभले हाम्रो मष्तिस्कको आवृत्ति (फ्रिक्वेन्सी) अवस्थावाट हाम्रो जीवनशैली र उमेर निर्धारण गर्न सक्ने क्षमता हामीभित्र नै दिएको प्राकृतिक यथार्थता पूर्वीय दर्शनमा भेट्न सक्छौँ ।
डेल्टाले ४ हर्जभन्दा कम फ्रिक्वेन्सीमा काम गरिरहेको अवस्था बुझाउँछ । हामी त्यस्तो ब्रेनवेभको अवस्थामा न सपना देख्छौँ न चेतनामा हुन्छौँ । थिटा फ्रिक्वेन्सीको अवस्थामा हाम्रो दिमाग ४ हर्जदेखि ८ हर्जसम्म चलायमान रहन्छ भने हामी मेडिटेसनको अवस्थामा हल्का निद्राको मुडमा रहन्छौँ । ९ हर्जदेखि १३ हर्जसम्म हामी अल्फा स्टेटमा हुन्छौँ भने हामी शारीरिक र मानसिक अवस्थामा आनन्ददायी भूमिकामा रहन्छौँ । १४ हर्ज देखि ३० हर्ज सम्मको बेटा अवस्थामा हामी नर्मल र कन्सियस अवस्थामा हुन्छौँ । ३० हर्जभन्दामाथि गामा अवस्थामा हामी गायत्री मन्त्रको उच्चारण शक्तिमा हुन्छौँ । ३० हर्ज देखि ८० हर्जसम्मको सीमामा हुने गामा वेभको अवस्थामा हाम्रो दिमागमा एकाग्रता, सर्तकता, सिर्जनात्मकता र सकारात्मक मनोभावनाहरू जागृत हुन्छन् । यसरी गति ब्रह्माण्डको उत्पत्तिदेखि ब्रह्माण्डका कुनै पनि ग्रह, उपग्रह वा सौर्यमण्डल जहाँकहीँ हुन सक्ने चेतनशील वा अन्य जो केहीमा फ्रिक्वेन्सी गाँसिएका धेरै कुराहरू हुन्छन् भने शून्य हर्जदेखि प्लानसिको फ्रिक्वेन्सीसम्मकाबारेमा आउँदो आलेखमा कुरा गर्दै जानेछु । क्रमश :
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
प्रतिक्रिया