देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाशकीय -स्थिरताका लागि संविधान संशोधन

देशान्तर


२०८१ साल वैशाख २ गते आइतबारको यो अंकस“गै देशान्तर साप्ताहिक ४२औं वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासमा कुनै पनि सञ्चारमाध्यमले निरन्तर चार दशक पार गर्नु आफैंमा गौरवको विषय हो भने एउटा साप्ताहिक पत्रिकाको निरन्तर प्रकाशन त सिंगो सञ्चार क्षेत्रकै लागि थप गर्वको विषय नै हो ।
चार दशक लामो यात्रामा देशान्तर साप्ताहिकले अनेकौं उतार—चढाव, आरोह–अवरोह, उकाली–ओराली तथा समस्या व्यहोरे पनि आफ्नो लक्ष्यमा कत्ति पनि विचलित नभएको यहा“हरू सबैमा विदितै छ । पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूको साथ, सहयोग, सुझाव र सद्भावकै कारण हामीले आफ्नो लक्ष्यमा नडमगाई यो यात्रा तय गर्न हामी सफल भएका छौं ।
निर्दलीय पञ्चायत, बहुदलीय प्रजातन्त्र, माओवादीको सशस्त्र विद्रोह, राजाको प्रत्यक्ष शासनकाल तथा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जनताको अधिकार र सुसूचित गराउन देशान्तर सदैव अग्रमोर्चामा रह्यो । लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको पक्षमा आफूलाई सतिसालझैं उभ्याइरह्यो । निर्दलीय पञ्चायती व्यवस्था होस् वा माओवादीको कथित जनयुद्ध अनि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, कुनै पनि कालखण्डमा देशान्तरले आफ्नो लक्ष्य बिर्सेन र निरन्तर लोकतन्त्रको पक्षमा पहरेदारी गरिरह्यो, जुन आज पर्यन्त जारी छ, हाम्रो यो ‘मिसन’ जारी रहनेछ ।
झन्डै एक दशकदेखि नेपालमात्रै होइन, विश्व समुदाय नै विभिन्न प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरू आफ्नै होडबाजीमा रह“दा नेपाल जस्ता विकासशील देशहरूले पनि आफ्नै समस्या भोग्न बाध्य छन् । वर्तमान संविधान जारी भएपछि नेपाल लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुने विश्वास गरिएको थियो । तर, संविधान जारी भएपछिका दुई वटा आम निर्वाचनबाट कसैले पनि स्पष्ट बहुमत नपाउ“दा विगतकै जस्तो सत्ता उलटफेर र अंकगणितमै अल्झिरह“दा नेपाली जनताले आशातित विकास र सुशासनको अनुभूति गर्न पाएका छैनन् । २०७४ सालमा भएको आम निर्वाचनमा कम्युनिस्टहरू गठबन्धन गरेर दुई तिहाई बहुमत ल्याउ“दा पनि एक व्यक्तिको सन्किपनले गर्दा दुईदुई पटक संसद् विघटन भयो भने सर्वोच्च अदालतको आदेशअनुसार बल्लतल्ल पूरा कार्यकाल संसद् चल्यो । त्यसपछि २०७९ को चुनावमा लोकतान्त्रिक गठबन्धनको नाउ“मा नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धनले सरकार बनाउने म्यान्डेटसहित सदनमा उपस्थित हु“दा नहु“दै माओवादीको अस्थिर चरित्रका कारण फेरि एक पटक जनतामाथि विश्वासघात भएको थियो । पछि कोर्स करेक्सन गर्दै चुनावको म्यान्डेटअनुसार सरकार अघि बढिरहेकै बेला माओवादी अध्यक्ष प्रचण्डकोे अस्थिर चरित्र दोहोरि“दा अहिले फेरि संसद् र सरकार निकम्मा भएको छ । प्रधानमन्त्री प्रचण्डले विगतमा केही खराब मन्त्रीका कारण आफूले काम गर्न नपाएको गुनासो गर्दै गठबन्धन परिवर्तन गरे पनि उनले झनै खराब व्यक्तिलाई सरकारमा समावेश गरेर जगह“साइ गरेका छन्, भने त्यही व्यक्तिको संरक्षणको लागि विधेयक अधिवेशन भनेर चिनिने हिउ“दे अधिवेशनमा तीन वटामात्र विधेयक पारित गरेर संसद्बाट भागेका छन् ।
संविधानमा भएको व्यवस्थाअनुसार जहिलेसम्म अहिलेको जस्तो निर्वाचन प्रणाली कायम रहन्छ, तवसम्म कुनै पार्टीले पनि एकल बहुमत ल्याउन नसक्ने निश्चित छ । त्यसैले अब सबै राजनीतिक दलहरू एकै ठाउ“ उभिएर संविधान संशोधन गरी निर्वाचन प्रणाली परिमार्जन गरी अघि बढ्न ढिला गर्नु हु“दैन । त्यसले मात्र राजनीतिक स्थिरता र मुलुकमा दिगो विकास सम्भव हुन्छ । अहिलेकै प्रणाली कायमै रहिरह्यो भने कुनै पनि पार्टीको बहुमत नआउने ठूला पार्टीहरूको नेतृत्वको सट्टा तेस्रो÷चौथो दलले सरकार चलाउने वर्तमान अवस्था कायम रहिरहनेछ । यसले मुलुकमा राजनीतिक अस्थिरता र विकासको गतिलाई सुस्त बनाइरहनेछ । त्यसैले अब गम्भीर भएर प्रमुख राजनीतिक दलहरूले समानुपातिक र संघीयताको बारेमा एक पटक चिन्तन–मनन् गर्नुपर्ने भएको छ । समानुपातिक प्रणालीका कारण दुई पटक निर्वाचन हु“दा पनि संघ र प्रदेशमा एउटा पार्टीको सरकार बन्न नसकेर उदाहरण बनिसकेको छ भने, छोटो अवधिमै प्रदेशहरू बोझ बनेको जनगुनासो बढ्दै गएको छ । यी दुई विषयमा अब पनि पुनर्विचार गरिएन भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठ्न सक्छ । यसतर्फ ऐतिहासिक ठूला दलहरूले बेलैमा बुद्धि पु¥याएनन् भने पश्चाताप गर्नुबाहेक केही बा“की रह“दैन । स्थिरता र विकासको लागि संविधान संशोधन अनिवार्य भइसकेको छ ।
देशान्तर मिडिया प्रालिले देशान्तर साप्ताहिक मात्रै प्रकाशित गरेको छैन, यसका डिजिटल प्लेटफर्मले जतिसक्दो छिटो समाचार, सूचना तथा जानकारी आम नागरिकमा पु¥याउने काम गरिरहेका छन् । अनलाइन संस्करण देशान्तर न्युजडटकम र रेडियो देशान्तर १००.३ ले समाचारस“गै मनोरञ्जनात्मक सामग्री पस्किरहेका छन् । आगामी दिनमा यी सबै माध्यमलाई थप सबल र प्रभावकारी बनाउ“दै सूचना प्रवाहमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दछौं । अन्त्यमा हाम्रो यो अभियानलाई सदैव साथ दिने विज्ञापनदाता, पाठक, श्रोता, शुभेच्छुक र देशविदेशमा रहनुभएका आम नेपाली दिदीबहिनी तथा दाजुभाइमा आभार व्यक्त गर्दै, नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।