देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भौतिक शास्त्रको विकासक्रम



सुरुका आलेखहरूमा सञ्चार क्षेत्रको विकासक्रमका कुराहरू गरेको थिएँ । सञ्चार उपकरण हातमा बोकेर हिँड्दै गरेका नारदमुनिको नारायण नारायण भन्दै गरेको पौराणिक प्रतिबिम्ब जसरी हाम्रो मानसपटलमा सञ्चार क्षेत्रको कुरा गर्दा आउने गर्छ त्यो क्रम आज हातलाई कानमा राखेर मोबाइल चलाइरहेको दृश्य नै सञ्चार गरिरहेको प्रतिबिम्ब हो भन्ने बनेको छ । आजको यो अवस्था यत्तिकै आएको होइन, यसबीचमा हामीले सञ्चार प्रविधिका क्षेत्रमा धेरै पाइलाहरू अगाडि बढाएका छौं ।
छापा माध्यमको विकास क्रममा नै हामीले सयौं वर्ष व्यतित गरेका छौं । त्यसपछि रेडियो र रेडियो प्रविधिभित्र पनि विभिन्न विकसित रूपको उपयोगमा थप सयौं वर्ष बिताएको हो ।

अहिले सञ्चार क्षेत्रको विकासक्रममा हामी इन्टरनेट प्रविधिसम्मको यात्रा गरिरहेका छौं । तर के यो क्रम यही रोकिन्छ वा अब आगामी दिनमा सञ्चार प्रविधिले कस्तो रूप लिन्छ हेर्न बाँकी छ ।
अहिलेसम्म सञ्चार क्षेत्रमा भएका विकासक्रममा यी प्रविधि हामीले सहज सञ्चालन गर्न प्रविधिका पछाडि प्रयोग भएका उपकरण, प्राकृतिक सम्पदा के कस्ता रहेछन् भन्ने विषयवस्तु यस अगाडिका आलेखमा क्रमैसाथ बताएको थिएँ । अहिले हामीले उपयोग गरिरहेका प्रविधिबाट पृथ्वीको एउटा कुनादेखि अर्काे कुनासम्म भइरहेको सञ्चारभन्दा अझ माथि उठेर आज हामी विभिन्न ग्रह, उपग्रहसम्म सञ्चार गरिरहेका छौं ।


ब्रह्माण्डको खोजी पनि अहिले हामीले प्रयोग गर्दै आएका सञ्चारका उच्चतम उपकरणका कारण सम्भव भएको हो । यसरी सञ्चार उपकरणको आधुनिकीकरणले हामीलाई पृथ्वीका प्राणीहरूबीच मात्र सूचना सन्देश आदानप्रदानमा सहज नभएर यदि अन्य ग्रह उपग्रहमा कुनै प्राणीहरू रहेको वा भेटेको अवस्थामा उनीहरूसँग समेत सञ्चार गर्न सक्ने अवस्थामा हामीलाई पु¥याएको छ । आज ब्रह्माण्डको अध्ययन सञ्चार प्रविधिकै कारण जति सहज बनेको छ त्यो आगामी दिनमा मानव हितका लागि अतुलनीय हुने निश्चित प्रायः छ । हिजोका दिन हामी तीन आयाममा सीमित रहेर जे जति प्रविधि विकास गरेर आजका दिनसम्म पुगेका छौं अबका दिनमा केही आशलाग्दा फरक उपलब्धि विज्ञानले गरिरहेको छ ।

क्वान्टम फिजिक्सको विकासले अब हामीलाई तेस्रो आयामबाट उठाएर नयाँ विकासक्रममा लाने निश्चित छ । सञ्चार जगत्लाई चौथो आयामले के कति फरक ठाउँमा पु¥याउनेछ होला । ‘जति सूक्ष्म जति शून्य विज्ञानको खोजी यत्रतत्र व्याप्त अनि सबै मार्ग तिमी’ क्वान्टम फिजिक्सले इलेक्ट्रोनको वेभ र पार्टिकलको रूपमा ‘डुयल नेचर’ मात्र होइन यसले हामीलाई अन्य डाइमेन्सनमा वस्तुका संरचना हामीले तेस्रो आयामबाट नियालिरहेको भन्दा फरक कसरी हुन सक्छ भन्ने तर्फ ध्यानाकर्षण गराइसकेको छ । अब प्रकृतिको खोजी भनेको नै क्वान्टम लेबलमा हो र त्यति सूक्ष्म तहमा खोजी गर्दा प्राप्त हुन सक्ने अलौकिक आविष्कार आउँदो पुस्ताको भविष्य हो ।

यदि हामी सूक्ष्म तहसम्म पुगेर विज्ञानलाई आविष्कार केन्द्रित गराउन सक्यौ भने हामीले ब्लाकहोलको मात्र अध्ययन होइन समय यात्राका सम्भावना र शून्य समयमा ब्रह्माण्डको यात्रा तय गर्न सक्नेछौं । यसका लागि अहिले हामीले Quantum label जसरी समयले पनि बस्तुमा नियन्त्रण नराख्न पनि सक्ने अवस्थासम्म पहिचान गरिसकेका छौं के त्यो सूक्ष्म तहको प्रयोगलाई तेस्रो आयामभित्र रहेको हाम्रो पहिचानमा प्रयोगात्मक बनाउन सक्छौं भन्ने गम्भीर प्रश्न छ । आलेखकारको २०७५ सालमा प्रकाशित साहित्य ‘जति सूक्ष्म जति शून्य विज्ञानको खोजी यत्रतत्र व्याप्त अनि सबै मार्ग तिमी’ भन्ने विषयवस्तु समावेश भएको साहित्यिक अडियो पुस्तकमा अव्यक्त रूप चलायमान भएर ‘बिग ब्याङग’हँुदा तेस्रो आयामका हामी रहेको ब्रह्माण्ड सिर्जना भयो वा स्टेफेन हकिङ्सले दिएको नयाँ विज्ञान, समानान्तर ब्रह्माण्ड, समय यात्राजस्ता अनगिन्ती क्षेत्रको ढोका खोलेको अवस्था छ । यो भनेको नै अन्तरिक्ष यात्रा र अन्य ग्रहमा मानव यात्राको सुरुवात हुनेछ ।

क्रमशः
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीय दर्शनका अध्येयता हुन् ।)