देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्ने

देशान्तर


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्ने बताए ।