देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशका सभामुख विष्टले दिए पार्टीबाट राजीनामा

देशान्तर

काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । 

राप्रपाभित्र कोशीमा विष्ट सभामुख भएको विषयले विवाद समेत उत्पन्न भएको छ । निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट फिर्ता हुन मातहतको कमिटीमा निर्देशन दिए पनि पत्र पुग्नुअघि नै पुस २४ मा विष्ट सभामुख चुनिइसकेका थिए ।