देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हजारौँ नेपालीहरू स्वरोजगार हुने मेरो रिजर्भेसनको दाबी

देशान्तर

काठमाडौँ । पोल्याण्डमा एसएमएस सर्भिस फर यु कम्पनीले सुरु गरेको मेरो रिजर्भेसन नेपालमा मेरो रिजर्भेसन प्राली मार्फत पनि सुरुवात गरिएको छ ।   बिहीबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा नेपालमा पनि कम्पनी दर्ता गरी आधिकारिक रूपमा सुरुवात गरिएको जानकारी दिइएको हो । मेरो रिजर्भेसन एउटा यस्तो प्लेटफर्म हो जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धी अनलाइन वेबसाइटहरू भेट्न सकिन्छ ।

 हजारौँ कम्पनीहरूको ब्यानर वेबसाइट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ ।  मेरो रिजर्भेसनबारे जानकारी दिँदै संस्थापक पोल्याण्ड निवासी मित्रलाल पार्धेले लाखौँ रुपैयाँ अनलाइनमा खेर गएको रकम आफ्नो देशमा भित्राउन सकिने र हजारौँ नेपालीहरूको अवसर हुने दाबी गरे । 

मेरो रिजर्भेसनभित्र सयौँ बुकिङ वेबसाइटहरू छन् । सयौँ सपिङ वेबसाइटहरू छन् । सयौँ टुर प्याकेजहरू छन् । लाखौँ होटेलहरू खोज्न सकिन्छ । सयौँ  जहाजहरू विभिन्न अनलाइन वेबसाइट मार्फत खोज्न सकिन्छ । स्क्याइ स्क्यानर बुकिङ होटेल लुक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धीका सामान किन्ने वेबसाइट खोज्न सकिन्छ । हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाइटहरूले अफिलियट पाएका छन् ।मेरो रिजर्भेसन विभिन्न कम्पनीहरूको वेबसाइट राखिदिने एउटा घर भएको पार्धेले बताए । 

१७ वर्ष देखि युरोपमा बस्दै आएका पार्धेले अनलाइनबाट परिवर्तन सम्भव छ  स्वरोजगार सम्भव छ भन्ने देखेर करिब ४ वर्ष देखिको खोजी बाट आजको अवस्था आएको जानकारी गराएका थिए । छिट्टै एप्स लन्च गर्ने पनि जानकारी गराइएको थियो । यसको प्रबिधिक पाटो बारे लङटेल मिडिया प्रालीका सफ्टवेयर विज्ञ विपिन बज्राचार्य  र सुनिता शाक्यले जानकारी गराएका थिए । 

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै पर्यटन बोर्डका बजार प्रबन्धक लक्ष्मण गौतमले अब हरेक देशमा फ्रिल्यान्सर मार्फत मानिसहरूलाई स्वरोजगार बनाउने अभियान तीव्र हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेरो रिजर्भेसनका लागि नेपालका तर्फबाट ब्रान्ड एम्बास्डर नियुक्त भएका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई प्रमाण पत्र र सम्झौता पत्र हस्तान्तरण गरिएको थियो । उक्त प्लेटफर्म मार्फत शून्य लगानीमा स्वरोजगार बन्न सकिने अर्थोपार्जन मार्फत दैनिकीलाई सहज बनाउन सकिने नवीनता सोच भित्राएका कारण आफू जोडिएको अधिकारीले बताएका थिए  । गीतकार अधिकारीले मेरो रिजर्भेसनको प्रचारात्मक गीत पनि लेखेका हुन् । 

कार्यक्रममा इनास युरोपका संयोजक प्रकाश तिवारी,चलचित्र निर्देशक ऋषि लामिछाने, हब रेमिटका सिइओ राम बेल्वासे , पत्रकार हरुका तर्फबाट बोल्ने पत्रकार सुमन बैरागी,लगायतले मेरो रिजर्भेसनको सफलताको शुभकामना दिँदै यसको प्रचार प्रसार सबैतिर पुगेमा नेपालमा आर्थिक क्रान्तिमा मद्दत पुग्ने भनाई राखेका थिए  ।  कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दयाराम पाण्डेले गरेका थिए । सहभागीले राखेका जिज्ञासाको जवाफ संस्थापक पार्धे र प्रबिधिक पाटो हेरिरहेका बज्राचार्यले दिएका थिए ।