देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान

देशान्तर

चिनियाँ अर्बपति तथा अलिबाबा समूहका सह संस्थापक ज्याक माले आफ्नो अप्रत्याशित पाकिस्तान भ्रमणले सबैलाई चकित पारिदिएका छन् । उनी चुपचाप पाकिस्तान पुगेका थिए र दूतावासलाई पनि कुनै जानकारी दिएनन् । मिडिया रिपोर्टका अनुसार बोर्ड अफ इन्भेस्टमेन्ट ९बीओआई० का पूर्व अध्यक्ष मुहम्मद अजफर अहसानले भ्रमणको पुष्टि गर्दै ज्याक मा २९ जुनमा लाहोर पुगे र २३ घण्टा बसेको बताए ।

ज्याक माले भर्खरै आफ्नो काठमाडौं, नेपाल भ्रमण पूरा गरे । सो क्रममा उनले ठमेल, भक्तपुर दरबार स्क्वायर, कालीमाटी तरकारी बजारलगायतका ठाउँको भ्रमण गरेका थिए । पूर्व राज्यमन्त्री र लगानी बोर्ड ९बीओआई० का अध्यक्ष मुहम्मद अजफर अहसानले ट्वीटमा ज्याक मा व्यक्तिगत भ्रमणमा लाहोरमा भएको खुलासा गर्दै थपे कि चिनियाँ दूतावासलाई पनि उनको पाकिस्तान भ्रमण र घटनाहरूको विवरणबारे जानकारी छैन। उनीसँगै एक अमेरिकी र पाँच चिनियाँ नागरिकसहित सात जनाको समूह पाकिस्तान आइपुगेका हुन् ।