देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुदानमा दिएको पिसिआर मेशिन पनि बिग्रिएको…

देशान्तर

काठमाडौं । नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई कोरोना परीक्षणका लागि उपलब्ध गराइएको अनुदानको पिसिआर मेशिन बिग्रिएको छ ।

रसियन सरकारले उक्त मेशिन अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो ।

मेशिनले मात्र कोरोना परीक्षण गर्न नसकिने भएपछि त्यससँग सम्बन्धित उपकरण र औजारको समेत अस्पतालले व्यवस्था गरेको थियो ।

मेशिन सञ्चालनमा नआउँदा स्थानीयवासीसहित स्थानीय निकाय र अस्पताल विकास समितिको सहयोगमा निर्माण गरिएको भवन प्रयोग विहीन भएको हो ।

मेशिन सञ्चालनसँग सम्बन्धित २५ लाख बराबरको उपकरण अस्पतालले युनाईटेड मिशन टु नेपाल (युएमएन) मार्फत व्यवस्था गरेको छ ।

मेशिन नभएपछि त्यसको प्रयोगका निम्ति निर्माण गरिएको भवन समेत प्रयोग विहीन बनेको छ ।

कोरोना संक्रमणको दोस्रो महामारीमा तत्कालिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको पहलमा रसियन सरकारले उक्त मेशिन अस्पताललाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण भएको केही समयपछि स्वास्थ्य सेवा विभागको बायो मेडिकल इन्जिनियरको टिमले परीक्षण गर्दा बिग्रिएको बताएपछि मेशिन अस्पतालमै थन्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नुरुल होदाले बताउनुभयो ।

रसियन सरकारले सोही प्रकृतिको मेशिन जनस्वास्थ्य प्रयोगशालामा पनि दिएको र त्यो पनि बिग्रिएको पाइएको डा. होदाको भनाइ छ ।

पिसिआर मेशिन नभएपछि त्यसको प्रयोगका लागि ५२ लाखको लागतमा निर्माण गरिएको भवन समेत प्रयोग विहीन भएको छ ।