देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘तिमी जस्ती राम्री’ को म्युजिक भिडियो बजारमा

देशान्तर

काठमाडौँ – अस्मिता अधिकारी र लव ज्याक डी दिनेशको स्वर रहेको गीत ‘तिमी जस्ती राम्री’ बजारमा आएको छ ।

शनिबार ‘सी ज्याक नेपाल’ नामक युट्युब च्यानलबाट उक्त गीत म्युजिक भिडियोसहित बजारमा आएको हो । रवि मल्लको शब्दमा रहेको उक्त गीत उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अकोस्टिक नेपालको स्टुडियोमा रेकर्डिङ भएको गीतको मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । प्रमिला कार्की र दीपेन ताम्राकारको अभिनय रहेको म्युजिक भिडियोमा नृत्य निर्देशन पनि दीपेनले नै गरेका हुन् ।

भिडियोको निर्देशन, छायांकन तथा सम्पादन इटी मगरले गरेका हुन् ।