देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुहारीको अंश मार्न किर्ते जालसाजी

देशान्तर

काठमाडौं । वीरगन्ज वडा नं ८ निवासी राजकिशोर कलवारले आफ्नो कान्छी बुहारीको अंश मार्न किर्ते जालसाजी गरेको तथ्य उजागर भएको छ। कलवारले आफ्नो कान्छो छोरा ऋतुराज कोे बिहे भारत बिहार राज्यको सिवान जिल्ला निवासी कृष्णमोहन प्रसाद कोे छोरी प्रकाश कुमारी नाम परिवर्तन गरिएको सँग भएको थियो।


मिति २०७५/१०/२६ गते बिहे भएको भएता पनी ९ महीना अगाडि नै राजकिशोर प्रसाद कलवारले आफ्नो पत्नी गीता रानी, छोरा अमित राज,अभिषेक राज कान्छो छोरा ऋतुराज बीच अंश बण्डाकोे लिखत तयार गरी आपसमा मिलापत्र गरी ऋतुराजको अंशमा कमसल जग्गा र अर्का बुहारी अमित राज कोे श्रीमति तृप्ती कुमारीको नाउँ मा काठमाण्डु कोे घर खरिद गरी एकोे भए पनि लगतमा देखाइएको थिएन।


राजकिशोर एण्ड फेमिलीले गरेको बदनियत पूर्वक अंश बण्डा र मिलापत्र पर्सा जिल्ला अदालतले खारेज गरी कुल सम्पतीकोे ५ भाग हुने र ऋतुराज कोे सम्पतिमा प्रकाश कुमारीको आधा अंश हुने अदालतले ठहर गरे पछी अहीले सो फैसला विरूद्ध श्री उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जमा पुनरावेदन गरिएको छ।ृज्ञद्धस्घठ, छरटरद्दण्द्दद्धे म्ष्उभलमचब आफ्नो छोरीको उज्जवल भविष्यको लागि कृष्णमोहन ले राजकिशोर कोे संपूर्ण कुरा स्वीकार गरे। दाइजोमा ७५ लाख नगद भारू र होटल इच्छामा खर्च भएको लगभग २५ लाख रुपैयाँकोे विल पनि कृष्णमोहन ले नै तिरे।


ऋतुराजले सम्बन्ध विच्छेदको मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरेका थिए। अदालतले ऋतुराजकोे सम्बन्ध विच्छेदको मुद्दा स्वीकारेन त्यसको विरुद्ध पनी ऋतुराज पुनरावेदनमा गएका छन्। कृष्णमोहनले आफ्नो छोरीको भविष्यकोे चिन्ता गर्दै यदी छोरी र ज्वाइँ सँगै बस्न नसक्ने हो भने मेरो छोरीकोे अंश दिएर छोडपत्र गर्नु पर्यो वा मैले दिएको दाइजो फिर्ता गरे म आफ्नो बाटो लाग्ने उनको भनाई रहेको छ।
केटी पक्ष भारतीय भएको र आफ्नो राजनीतिक पहुँचकोे आधारमा राजकिशोर ले उनीहरु लाई दुःख दिएर आफ्नो छोराको लागी अर्को केटी को खोजी गरी रहेको बताइन्छ।