देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोन्टा क्लब अफ काठमाण्डौद्धारा साइकल वितरण

देशान्तर

काठमाण्डौ । जोन्टा क्लब अफ काठमाण्डौले दाङ, हेकुली स्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ४० बालिका तथा किशोरीहरूलाई आइतवार साइकल वितरण गरेको छ । सो विधालयका कक्षा ८,९ र ११ मा अध्ययन गरिरहेका किशोरीहरुलाई उक्त साइकल एक समारोहको बिच अध्यक्ष आभा शाहले वितरण गरेका हुन् । वडा अध्यक्षको उपस्थितीमा भएको सो समारोहमा क्लबका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो । यसका अतिरिक्त ४० वटा विद्यार्थीहरुलाई स्कूले झोला पनि बाँडिएको थियो ।

अध्यक्ष शाहले शिक्षाको महत्वको बारे बोल्दै एक बालिका शिक्षित हुँदा त्यो घरको परिवारमा शिक्षाको ज्योतिले उज्ज्यालो छर्ने बताइन । उनले शिक्षित छोरीले नै शिक्षित समाज निर्माणमा टेवा दिने समाजको परिवर्तनका साथै राष्ट्रको परिवर्तन र विकासमा सहयोगी भूमिका खेल्ने भनाई राखिन् ।