देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आविष्कारी आख्यानकार गौतमलाई देशान्तरको सम्मान

देशान्तर

काठमाडौं । नेपाली साहित्यिक जगत्मा ‘आख्यान पुरुष’ को रूपमा चर्चित वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतममलाई उहाँले ८० वर्ष प्रवेश गरेको अवसर पारेर देशान्तर मिडियाले सम्मान गरेको छ ।

देशान्तर साप्ताहिकमा लामो समयदेखि नियमितरूपमा स्तम्भ लेख्दै आएका गौतम केही समयपश्चात् लेखनको आठौं दशकमा प्रवेश गर्दैछन् ।

साहित्यिक क्षेत्रको प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरिसकेका गौतमका करिब ५० कृति प्रकाशित छन् । साहित्यमा अनेकौं नयाँ शैलीको प्रयोग गरेका उनी आविष्कारिक साहित्यकारको रूपमा चिनिन्छन् ।

बहुमुखी प्रतिभाका धनी गौतमले कथा, कविता र उपन्यासका अतिरिक्त चलचित्र र टेली चलचित्रको लेखनसमेत गरेका छन् ।

बहुचर्चित चलचित्र ‘वासुदेव’ उनकै उपन्यासमा आधारित छ ।

उनको सम्मानमा देशान्तरद्वारा आयोजित कार्यक्रममा देशान्तर मिडिया प्रालिका अध्यक्ष कविर राणा, वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार विनय देवकोटालगायतले गौतमलाई क्रियाशीलताको प्रशंसा गर्दै शुभेच्छा प्रकट गरेका थिए ।