देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यू इयर इभ तथा ठमेल महोत्सव हुदैँ

देशान्तर

काठमाडौँ – ठमेल पर्यटन विकास परिषदले अग्रेजी नयाँ वर्षको ‘२०२३’ अवसरमा ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ आयोजना गर्ने भएको छ ।
शनिबार काठमाडौंको ठमेलमा आयोजना हुने ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को उद्घाटन उप राष्ट्रपति नन्द बहादुर पुनले गर्ने आयोजकले जानकारी दिएको हो ।
‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ ठमेलको केशरमहल संन्चयकोष अगाडि भोली शनिबार साझँ ५ः३० देखि सुरु हुनेछ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले महोत्वसमा सहभागि ‘फूड’ स्टलहरुको गुणस्तरको जाँच गर्ने बताएका छन् । साथै उनले छिमेकी राष्ट्रहरुमा बढिरहेको कोरोना संक्रमणबाट बच्न सबैले मास्कको प्रयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘महोत्सवमा सहभागि सबैले अनिवार्य मास्को प्रयोग गर्नुपर्छ । सबै सुरक्षित भएर प्रयंटन व्यवसायको जर्गेना गर्नुपर्ने हामी सबैको दायित्व हो ।’
यस्तै उनले सो महोत्सवमा नेपालको मौलिक कला, संस्कृति झल्किने खालका कार्यक्रमहरु रहेको पनि जानकारी दिएका छन् ।
सो कार्यक्रममा नेपाली मौलिक कला, सांस्कृतिक कार्यक्रम तथा विशिष्ठ व्यक्तित्वहरुबाट शुभकामना आदानप्रदान हुने कार्यक्रमहरु रहेका छन् ।
कोभिडका कारण थला परेको पर्यटकीय क्षेत्र ठमेललाई पुर्नस्थापना र आर्कषित बनाउन पछिल्लो समय ठमेल पर्यटन विकास परिषदको संयोजन तथा नेपाल टेलिकम लगायत विभिन्न सेवा प्रदायक कम्पनीहरुको सहभागितामा ९५ प्रतिशत बढि तार व्यवस्थपन भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ‘न्यू इयर इभ तथा ठमेल महोत्सव’ को काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका निकायको आर्थिक तथा प्राविधक सहयोगमा सबै तयारी पूरा भएको छ ।
सो कार्यक्रमका लागि २० देखि २५ लाख खर्च भएको आयोजकले जनाएको छ । कार्यक्रम अग्रेजी पुरानो वर्ष २०२२ लाई विदाई गरी नयाँ वर्ष २०२३ लाई स्वागत गरेर समापन हुनेछ ।