देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

देशान्तर

काठमाडौं – चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।