देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेखक संघको सातौं राष्ट्रिय अधिवेशन चैत्र १८ र १९ गते पोखरामा

देशान्तर

नेपाली लेखक संघको सातौं राष्ट्रिय अधिवेशन मूल आयोजक समितिको आज बसेको बैठकले कास्कीको पोखरामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

सातौँ राष्ट्रिय अधिवेशन सम्पन्नार्थ महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा सचिव नवीनचन्द्र घिमिरे सदस्य–सचिव रहने गरी २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठनका साथै वर्तमान कार्य समितिका अध्यक्ष तथा उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी सुम्पिसकिएको जानकारी आयोजक समितिका सदस्य नारायण सापकोटाले दिए ।

सातौं राष्ट्रिय अधिवेशन २०७८ चैत्र १८ र १९ सम्पन्न हुनेछ ।

अध्यक्ष/महासचिवज्यू, अब त ‘नैतिकता’ देखाइदिनुहोस्