देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलेको नीति– कनिष्ठलाई काखा वरिष्ठलाई पाखा

देशान्तर

काठमाडौं । अघिल्लो सरकारमा कार्यकुशलता देखाउन नसकेपछि अपदस्थ भएपछि पार्टी नै परिवर्तन गरेर वर्तमान सरकारमा पर्यटनमन्त्री बनेका प्रेमबहादुर आलेले सार्वजनिक खपतका लागि केही ‘स्टन्ट’ गरे पनि भित्रीरूपमा पनि कमाउधन्दा चलाउँदै स्थापित मान्यता र पद्धतिविरुद्ध काम गर्न थालेको रहस्य सार्वजनिक भइरहेको अवस्थामा उनको अगुवाइमा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्तिले मन्त्री आले कम्मल ओढेर घिउ खाने मान्छे हुन् कि भन्ने आशंका उब्जिएको छ ।

मन्त्री आलेले नेपालको उड्डयन क्षेत्रमात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको हवाई क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अनियमितताको आरोप लागेका विवादित पात्र प्रदीप अधिकारीलाई नियुक्त गरेका छन् । प्राधिकरणमा उनीभन्दा वरिष्ठ आधा दर्जन अधिकारीहरू रहेको अवस्थामा एक तहमुनि रहेका अधिकारीलाई टपक्क टिपेर आलेले जसरी महानिर्देशक बनाए त्यसको असर प्राधिकरणभित्र त देखिइसकेको छ, निकट भविष्यमा नै अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा पनि देखिने स्पष्ट छ ।

११औं तहका अधिकारी यसअघि निकै विवादमा परेका व्यक्ति भएको थाहा हुँदाहुँदै मन्त्री आलेले महानिर्देशकमा नियुक्त गर्नुमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ । प्राधिकरणमा १२औं तहका भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंंसराज पाण्डे, देवचन्द्रलाल कर्ण छन् । उनीहरूलाई पछि पार्दै एघारौं तहका अधिकारीले बाजी मारे । यसअघि पनि केपी ओली प्रधानमन्त्री भएका बेला अधिकारीले महानिर्देशक पद पाउनका लागि निकै दौडधुप गरेका थिए । पीपलपाते स्वभावका अधिकारीले अहिले आले मन्त्री भएको मौका छोपेर महानिर्देशक बन्न सफल भएका छन् । उनले पर्यटनमन्त्री आलेसँगै पर्यटन सचिव महेश्वर न्यौपानेलाई पनि रिझाएको बुझिएको छ ।

यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक रहँदा करोडौं भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई आलेले महानिर्देशमा नियुक्त गरेपछि आले बाहिर देखाउन एउटा काम गर्ने र भित्रभित्रै धन्दा चलाउने काम गर्ने मान्छे भएको भन्दै कर्मचारीदेखि राजनीतिक वृत्तमा कुरा चल्न थालेको छ ।

महानिर्देशक बनेका अधिकारी २०६४ सालमा प्राधिकरणमा सातौंं तहमा इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका थिए । २०७४ सालमा आठांैं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेका उनी यसअघि राजकुमार क्षेत्री महानिर्देशक नियुक्त हुँदा पनि दाबेदारका रूपमा थिए । देशान्तर साप्ताहिककाे माघ २३ गतेकाे अंकबाट