देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राजिलमा विमान दुर्घटना : चर्चित गायिका मारिलियासहित चार जनाको मृत्यु

देशान्तर

गेराइज – ब्राजिलमा विमान दुर्घटना हुँदा एक चर्चित गायिकासहित ४ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणपूर्बी मिनास गेराइज राज्यको ग्रामिण इलाकामा जहाज दुर्घटना भएको हो।

ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोकासँगै उनका काका, निर्माता र दुई पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ। दुर्घटनाको कारणबारे त्यहाँको सरकारी निकायले अनुसन्धान सुरु गरेको छ। जहाज कसरी दुर्घटनामा पर्‍यो भन्ने विषय खुलेको छैन। मारिलियाले किशोर अवस्थाबाट नै सांगितिक यात्रा सुरु गरेकी थिइन्। ब्राजिलमा उनको गीतहरु सबैभन्दा बढी हेरिने र सुनिने गरिन्छ।

कोरोना महामारीका बेला सांगितीक कन्सर्ट बन्द थिए। त्यो समयमा ब्राजिलकी चर्चित गायिका मारिलियाले अनलाइन गीतहरु गाउन थालेकी थिइन्। लकडाउनको समयमा अनलाइनमा उनका गीतहरु सर्वाधिक हेरिएको थियो।