देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामदारको स्वास्थ्यमा ध्यान दिन मेलेसियाका राजाको आग्रह

देशान्तर

मलेसियाका राजा याङ् दी–पेर्तुवान आगोङ अल–सुल्तान अब्दुल्लाह राइयातुद्धिन अल मुस्ताफा बिल्लाह शाहले मलेसियामा रहेका सबै कामदारको सुरक्षामा उच्च ध्यान दिन आग्रह गरेका छन् ।

मलेसियान संसदको तेश्रो वार्षिक अधिवेशनलाई सम्वोधन गर्दै त्यहाँका राजा शाहले विशेष गरी मलेसिया सरकारको राहत प्योकजबाट आर्थिक सहायता प्राप्त गरेका देशका सम्पूर्ण रोजगारदातामाथि कामदारहरुको रक्षा गर्नुपर्ने दायित्व रहेको बताए ।

मलेसियामा राजाको हैसियत संवैधानिक रहेको छ । तर राजाको आदेश वा निर्देशनलाई उच्च सम्मानका साथ लिने गरिएको छ । राजाको सम्वोधनपछि मलेसियन ट्रेड युनियन कंग्रेसले रोजगारदाताहरुसँग कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकट देखाएर कामदाहरुलाई विदा दिने वा तलव नकाट्न ध्यानाकर्षण गराएको छ ।

मलेसियामा कोरोना भाइरसका कारण देखाउँदै अधिकांश रोजगारदाताहरुले मार्च र अप्रिल महिनाको तलव भुक्तानी गर्न ढिला गरेको सार्वजनिक भएको छ । मलेसियन ट्रेड युनियन कंग्रेसले राजाबाट व्यक्त सदिक्षालाई रोजगारदाताहरुले उच्चसम्मानका साथ कार्यान्वयन गर्न पनि स्मरण गराएको छ ।
ज्यालामा अनुदान पाएका केही रोजगारदाताहरुले मजदुरहरुलाई सुविधा नदिएको भन्दै उक्त संगठनले त्यस्ता रोजगारदातालाई जरीवाना गर्न समेत माग गरेको छ ।

मलेसियामा वैधानिक रुपमा करिब ५ लाख नेपाली कार्यरत रहेका छन् । श्रम र ज्याल सम्वन्धमा त्यहाँ हुने निर्णयले नेपाली कामदारहरुले पाउने तलव तथ सुविधा प्रत्यक्ष रुपमा जोडिने गरेको छ ।