देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीलाई काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा

देशान्तर

काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा.गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं लैजाने तयारी गरेको बताउँदै आफू कुनैपनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् ।

डा. केसीले माग पूरागरे आफू अनशन तोड्न तयार रहेको बताउदै गुन्डागर्दी शैली नदेखाउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । केसीले मागपूरा नभए सम्म सरकारले कुनैपनि हालतमा आफुलाई काठमाडौँ लान नकस्ने भन्दै जवरजस्ती गरे परिणाम उल्टो हुने चेतावनी दिए ।

केसीले आफ्नो नागरिक हक र अधिकार खोस्ने अधिकार प्रधानमन्त्रीसंग नभएको भन्दै आफ्नो अनसनमा सरकारको गुन्डागर्दी नचल्ने बताए । उनले अहिलेको लडाईँ राज्य, माफिया डन र अधिनायकवाद पोस्नतिर लागेको सरकारविरुद्ध भएको उनले बताए ।

अहिले केसीलाई जुम्ला जिल्लाको सदरमुकाम खलंगाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिध्यार्थी र डाक्टरहरुले घेरेर राखेका छन् । अस्पतालभित्र प्रहरी प्रवेश गरेको छ र अस्पताल परिसर वाहिर स्थानीयहरुको भिड जम्मा हुन थालेको छ ।

केसीको स्वास्थ्य अवस्था विग्रन लागेको भन्दै सत्तारुढ दल नेकपाले आज काठमाडौँ ल्याउने तयारी गरेको छ । अनशनरत केसीको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले उपचार गर्न नसक्ने जनाएपछि नेकपाले केसीलाई उपचारका लागि काठमाडौँ ल्याउन लागेको हो ।

सरकार भन्छ पहिले उपचार
सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले केसीलाई सकेसक्क काठमाडौमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताएका छन् ।

उनले केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्ने सुनिएको र जुम्लामा आईसियु समेत नभएकाले केसीलाई काठमाडौ ल्याउन मन्त्रालयको टोली हेलिकोप्टर सहित जुम्ला पठाएको जानकारी दिए ।

मन्त्री पोखरेललेले सकभर काठमाडौमै ल्याएर उपचार गर्ने त्यो सम्भव नभए कर्णालीकै सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने सरकारको तयारी रहेको उनले बताए । उनले केसीको उपचारपछि मात्र वार्ता र छलफल गर्ने कुरा गर्न सरकार तयार रहने दावी गरे ।

अनसनरत केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला पुगेको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उनका मागहरु हुँबहू पुरा गर्न सरकारले नसक्ने स्पस्ट पारे । उता डा. केसी लिन गएको टोलीलाई केसी पक्षधरले अनसनस्थलमा पस्न नै नदिएको बताइएको छ ।

यो पनि पढ्नुहोस ।

१,डा. केसीलाई आज काठमाडौं ल्याउने सरकारको तयारी, संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

२,चिकित्सा शिक्षा विधेयक अघि बढाउन नदिने कांग्रेसको निर्णय

३,सरकारी प्रतिनिधि र केसीपक्षबीच आज पनि वार्ता

४,सरकार र केसी पक्षको वार्ता निष्कर्षविहीन, सरकार संवेदनशील भएन

५,संसदको दोस्रो बैठक पनि अवरुद्ध, मन्त्रीले बोल्न पाएनन्

६, काँग्रेस सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

७,चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद अवरुद्ध

८,चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्न खोजे प्रतिकारमा उत्रने थापाको चेतावनी

९,चिकित्सा विधेयकलाई कांग्रेससँग छलफल गरेरै अघि बढाउँछौंः शिक्षामन्त्री

१०,‘गुणस्तरी स्वास्थ्य सेवामा सम्झौता हुँदैन’

११,‘गुणस्तरी स्वास्थ्य सेवामा सम्झौता हुँदैन’

१२,केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधी हुने ?गगन थापा

१३,डा केसीको असनसमा ऐक्यवद्धता जनाउन नेविसंघको टोली जुम्लामा

१४,अनशनरत् डा केसीको पक्षमा माइतीघरमन्डलामा विशाल प्रदर्शन

१५,शिक्षामन्त्री पोखरेलको चेतावनीः डा. केसीलाई बल प्रयोग गरेर काठमाडौँ ल्याउछौँ

१६,चिकित्सक हडतालमा, आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

१७,आजबाट मुलुकभरिका चकित्सक आन्दोलनमा

१८, चिकित्सकसंघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिदै

१९,प्रधानमन्त्रीको प्रस्ताव डा. केसीद्धारा अस्वीकार

२०,चिकित्साका चार डनः चंगुलमा सरकार

२१,अनशन तोड्न डा.केसीलाई मन्त्री पोखरेलको  आग्रह

२२,डा. केसीको जीवन रक्षाका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजादै कांग्रेस

२३,जुम्ला पुगेर कांग्रेस सांसदहरुद्धारा डा गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता

२४,चिकित्सा विधेयक र निषेधज्ञा फिर्ता लिन कांग्रेसको आग्रह

२५,चिकित्सा शिक्षा विधेयक अन्योलमा, कांग्रेसको विरोधपछि संसद स्थगित