काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आग्रह गरेका छन ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदमा पेश गरिएको भन्दै आमरण अनशन तोडेर वार्तामा आउन मन्त्री पोखरेलले केसीलाई आग्रह गरेका हुन् ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
प्रतिक्रिया