काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी गरेपछि संसदमा विवाद भएको छ। फाष्टट्रायकबाट बिधेयक पारित गर्ने सहितको कार्यसुची राखेपछि नेपाली कांग्रेसले त्यसको विरोध गरेको छ। विरोधपछि संसद वैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षले विधेयकमा गरिएको परिर्वतन आफुहरुलाई मान्य नहुने र विधेयक पेश भएका संसद वैठक अवरुद्ध गर्ने चेतावनीपछि आजै पारित गर्ने भनि वसेको संसद वैठक सोमवार ११ वजेसम्मका लागि स्थगीत गरिएको हो।
संसद् नियमावलीको नियम निलम्वन गरेर प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको मनसाय ठिक नभएको भन्दै कार्य व्यवस्थाको वैठकमा कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले यो प्रक्रिया मान्य नहुने चेतावनी दिएका थिए । उनको चेतावनीपछि पहिलो वैठक आधा घन्टाका लागि भन्दै ११:३० मा स्थगीत भएको थियो । १ वजे शुरु हुनु पर्ने वैठक शुरु गर्न नसक्ने अवस्था सिर्जना भएपछि सुचना टाँस गरेर स्थगित भएको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बताए ।
शुरुमा विशेष समयमा सांसदहरुलाई आफ्नो भनाई राख्न दिए लगत्तै सभामुख कृष्णबहादुर महराले आधा घन्टाका लागि वैठक स्थगीत गरेका थिए । काग्रेसले अवरोध गर्ने जानकारी पाएपछि महराले आइतबारको संसद् बैठक आधा घण्टा स्थगित गरेका थिए ।
विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्न बैठक स्थगित गरिएको थियो । तर, प्रमुख प्रतिपक्षले नियम निलम्वन गरेर विधेयक आजै पारित गर्ने कुरा मान्य नहुने बताएका कारण पुन वैठक शुरु हुन सकेको छैन। अहिले सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ । यसअघि भएका सहमति लत्याउँदै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरिसकेको छ।
२० गतेसम्म ऐनको रुपमा आउने पर्ने भन्दै सरकारले अध्यादेश गत शुक्रवार प्रतिनिधि सभा सचिवालयमा दर्ता गराएको थियो। प्रतिस्थापन विधेयक पेश गर्ने समय ६० हुने भएपनि अन्तिम समयमा यसलाई पेश गर्दै सरकारले गलत कार्य गरेको कांग्रेसको तर्क छ ।
दुईपटक अध्यादेशमार्फत जारी भएको उक्त विधेयकमा कतिपय विषय यसअघि भएका सहमतीवाट पछी हटेर ल्याइएको छ। पुरानौ अध्यादेश जारी हुनुपर्ने माग गर्दै डा गोविन्द केसीले कर्णालीमा अनसन थालेको समयमा सरकारले एकै दिन अध्यादेश पारित गर्न लागेको हो।
प्रतिक्रिया