देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा संयोजकमा भण्डारीको उम्मेद्वारी

देशान्तर

काठमाडौ, २७ साउन । एनआरएन एनसिसि कतारको युवा संयोजक पदमा समाजसेवी नारायाण भण्डारीले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । आगामि सेप्टेम्बरमा हुन लागेको एनआरएन एनसिसि कतारको अधिवेसनमा आफुले युवा संयोजक पदमा उम्मेद्वारी दिने तयारी गरेको उहाँले बताउनुभयो ।

लामो समयदेखि कतारमा रहेर व्यवसाय गर्दै आउनुभएका भण्डारी विभिन्न सामाजिक काममा संलग्न हुनुहुन्छ । विदेशमा दुख पाएका नेपालीको उद्धार तथा सहयोगमा सँधै तत्पर भण्डारीले कतारका विभिन्न नेपाली संघसस्थामा रहेर आफ्नो भुमिका निर्वाह गरिसक्नु भएको छ ।

नुवाकोट कंग्रेसको युवा संयोजकको रुपमा भुमिका निर्वाह गरिसक्नु भएको उहाँले एनआरएन एनसिसि कतारलाई विशुद्ध सामाजिक सस्थाको रुपमा अगाडी लैजाने बताउनुभयो । कतारमा ब्यवसाय तथा श्रम गर्ने सबै नेपालीलाई समेटेर लैजाने गरि कार्यक्रम अगाडी ल्याएको बताउँदै उहाँले त्यसका लागि आफुलाई निर्वाचित गर्न सबैसंग आग्रह गर्नुभयो ।

अहिले सम्म गरेका कामको मुल्यांकन गरी कतारबासी नेपालीले आफुलाई मत दिनेमा आफु विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । “एकता नै शक्ती” हो भन्दै उहाँले सबै एक भएर अघि बढे कतारमा नेपालीलाई कसैले अप्ठ्यारोमा पार्न नसक्ने बताउनुभयो ।

आगामि सेप्टेम्बरमा हुन लागेको निर्वाचन सफल पार्न कतारमा बसोबास गर्ने सबै नेपालीलाई एक भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो ।