देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’ 

देशान्तर

काठमाडौं । गीतकार शिव पलाँसको नयाँ गीत ‘ खोला जस्तो जिन्दगी’  भर्खरै सार्वजनिक भएको छ । टीका दाहालको संगीत , उदयराज पौडेलको संगीत संयोजन  र अन्जु श्रेष्ठको आवाजमा रहेको उक्त गीतमा जीवन भट्टराई र  स्नेहा भट्टराईको  अभिनय रहेको छ । उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोको निर्देशन भने राजेश राईले गरेका हुन् । खोलाको बिम्ब संग जोडेर गीतकार पलाँसले यो गीतमा  जीवनको उतारचढाव लेख्ने कोशिश गरेका छन् । 

 हरिनास – १ , स्याङ्जा स्थायी घर भई  हाल अमेरिकाको  नर्थ क्यारोलिनामा बस्दै आएका शिव पलाँस दुई दशकदेखि  गीतलेखनको क्षेत्रमा क्रियाशिल  छन् । उनका गीतहरुमा दीप श्रेष्ठ , नरेन्द्र प्यासी , कर्ण दास ,  शिशिर योगी , रामकृष्ण ढकालदेखि बाल गायिका  अनुजा कडरिया र रुक्सना लिम्बुसम्मले स्वर दिईसकेका छन् । कविता , गजल ,  मुक्तक र बेलाबखत समीक्षामा समेत कलम चलाउँदै आईरहेका उनको  ‘ माया गर्नुको अर्थ’  गीत संग्रह समेत प्रकाशित छ ।