देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई एक पत्र लेख्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

पत्रमा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निभाउने उल्लेख गरेका छन् । यादवले आजै सरकारबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।