देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्चुगलमा नेपाली दूतावास अत्यावश्यक भइसक्यो : शम्भु गौतम

देशान्तर

पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि पहल थाल्नुभएको रहेछ । पोर्चुगलमा किन चाहिएको हो दुतावास  ?
दूतावास नहुँदा धेरै नै समस्या छ । सरकारी तहमा स्पेनमा नेपाली दुतावास स्थापना गर्ने कि पोर्चुगलमा स्थापना गर्ने भन्ने बहस सुरु भएको छ । स्पेन भन्दा पोर्चुगलमा बढि नेपाली छन् । नेपालीहरुको घनत्व बढि भएको ठाउँमा नै दूतावास बढि आवश्यक हुन्छ । पर्यटन प्रवद्र्धनका लागि पनि स्पेन भन्दा पोर्चुगल बढि संभावना भएको ठाउँ हो । यहाँ पर्यटन दुत नियुक्त भइसकेको छ । पोर्चुगलमा दुतावास राख्दा नेपाल सरकारलाई समेत धेरै फाइदा हुन्छ ।

कस्ता खाले फाइदा हुन्छ, स्पष्ट पारिदिनुस न ?
मुख्य भनेको पर्यटनको प्रवद्र्धनमा नै ठुलो टेवा पुग्छ । दुतावास भयो भने पर्यटन प्रवद्र्धनका लागि सहज बन्छ । नेपाल आउने पोर्चुगलका पर्यटकहरुलाई भिषादेखि धेरै कुरामा सहज हुन्छ । पोर्चुगल पर्यटनको अत्यन्तै सम्भावना बोकेको देश हो । नेपाल सरकारले लविङ गरेमा नेपालमा सहज रुपमा पोर्चुगलबाट पर्यटन भित्रायाउन सम्भव छ । मौसमका हिसाबले पनि नेपालसँग मिल्दोजुल्दो भएका नेपालले लविङ गर्दा पर्यटकहरु नेपाल आउने सम्भावना छ । अनि अर्को भनेको पोर्चुगलमा २० हजारको हारहारीमा नेपालीहरु छन् । यी मध्ये पनि अधिकांश परिवारसहित बसोबास गरिरहेका छन् । परिवारसहित बसोबास गर्नेको संख्या धेरै भएका कारणले उनीहरुलाई दूतावास नहुदा समस्या छ । अहिले सवै समस्या पर्दा फ्रान्समा जानुपर्ने अवस्था छ । जन्मदर्तादेखि मृत्युु दर्ताका लागि समेत फ्रान्समा जानुपर्ने बाध्यता पोर्चुगलमा बस्ने नेपालीहरुलाई छ  । 

पोर्चुगलमा बस्ने नेपालीलाई साना साना समस्या के के हुन ? जस्तो दुतावास नहुदा पर्ने दैनिक समस्या ?
पार्सपोट रिन्यू गर्नुपर्ने समस्या छ । फ्रान्स पुग्दा त्याहा दुतावासमा कर्मचारीहरु थोरै छन । भनेको समयमा काम हुदैन । मैले फ्रान्सको राजदुत अम्बिका देवि लुईटेलसँग यसबारेमा कुरा गरेको थिएँ । उहाँले पनि कर्मचारी थोरै भएका कारण समयमा काम गर्न नसकिएको समस्या देखाउभयो । सरकारले स्पेनमा दुतावास कुरा अगाडि बढेको हुनाले स्पेनभन्दा पोर्चुगल नेपाली धेरै छ । नेपाली धेरै भएको ठाउमा नै नेपाल सरकारको उपस्थिती हुनुपर्छ भन्ने हो । 

स्पेनभन्दा पोर्चुगलमा नै दुतावास दिनु पर्ने कारण के के हुन त ?
स्पेनमा बढिमा ३ देखि ४ हजार नेपाली छन् । पोर्चुगलमा २० देखि २५ हजार नेपाली छन्् । परिवार सहित बस्नेको संख्या पनि स्पेन भन्दा पोर्चुगलमा बढि छ । अनि पछिल्लो समयमा नेपाली पुग्नु गन्तब्य पनि पोर्चुगल बनेको छ । नेपालीहरुको चाप बढदै गएका कारण पनि पोर्चुगललाई आवश्यक भइसकेको छ । हामीले स्पेनलाई दिन हुादैन भनेको होइन । स्पेन भन्दा पोर्चुगललाई बढि आवश्यकता भइसकेको छ । भनेको हो । 

यसका लागि तपाईहरुले के के पहल गर्नुभयो ?
यो बिषयमा हामीले पोर्चुगल जाने सवै नेताहरु, उच्च अधिकारीहरुसग हाम्रो पहिलो माग नै दुतावास स्थापना गर्न पर्‍यो भन्ने हुन्छ । हामीले पोर्चुगल पुग्ने सवै नेताहरु तथा नीति निर्माण तहमा रहेका सवैलाई भेट्ने, ज्ञापन पत्र बुझाउने काम गरेका छौ । दुतावास स्थापनाका लागि सवै खाले पहल गैरआवसीय नेपाली संघ पोर्चुगलले गरेको छ । तर पोर्चुगल पुगेको नेता तथा नीति निर्माण तहमा भएका अधिकारीहरुलाई भनेर मात्र केहि भएन । आधिकारीकता पनि भएन । अनि गैरआवासीय संघ पोर्चुगलले यसको लविङ नेपालमा पनि गर्ने भन्ने निर्णय गरेर मलाई नेपाल पठाएको हो । मैले परराष्ट्रमन्त्री, परारष्ट्रसचिव पूर्व परारष्ट्रमन्त्रीहरु बिभिन्न पार्टीका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाएँ । पोर्चुगलमा दुतावास किन आवश्यक छ भन्ने बिषयमा स्पष्ट धारणा राखें । पोर्चुगलमा बसेका नेपालीले दुतावास नहुदा भोगेको पिडाहरु राखेको छु । 

तपाई लविङका लागि नेपाल आउनुभयो, कस्तो आश्वासन पाउनुभयो ?
सवैले आश्वस्त पार्नुभएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले हामी प्रयास गर्छौ तर एउटा दुतावास स्थापना गर्नका लागि ८ करोड भन्दा बढि खर्च हुन्छ भन्नुभयो । सरकारलाई कस्तो फाइदा हुन्छ जस्ता बिषयमा पनि चासो राख्नुभयो । मैले सरकारले दुतावास स्थापना गर्दा राज्यलाई फाइदा हुने बिषयहरुको बारेमा जानकारी गराएँ । पर्यटनका अतिरिक्त दुतावास स्थापना गर्ने र सरकारी स्तरबाट लविङ हुँदा युरोपियन मुलुक मध्ये पोर्चुगलबाट सस्तो सामान आयत गर्ने र हाम्रा उत्पादनहरु निर्यातको अवसर छ भनेर स्पष्ट पारें । अहिले पोर्चुगलमा नेपालबाट चिनी निर्यात हुन्छ । यसको परिणामलाई बढाउन सकियो भने पनि सरकारलाई फाइदा हुन्छ । त्यस्तै हस्तकला उत्पादनहरुको निर्यात अझै बढि गर्न सकिने सम्भावना छ । नेपालको समान निर्यात नहुदा त्यो वजार चिनिया वजारले लिएको छ । दुतावास स्थापना हुँदा पर्यटनको संभावना बढि छ । अर्को नेपालले निर्यात गर्न सक्ने भनेको अल्लोका समानहरु हुन् । पहिला पश्मिना थियो तर अहिले पश्मिनाको वजार चीनले लिएको छ । हामीले गुणस्तरीय पश्मिना दिन सकेनौ । 

दुतावास स्थापनाका लागि महंगो पर्ने हुदा अर्को वैकल्पिक उपाय केही हुन सक्छ कि ? 
दुतावास खोल्नका लागि महंगो पर्ने हो भने हामीलाई दुतावास नै होइन एउटा सहचारी, महाबाणिज्यदुतावास दिन सकिन्छ । तर अवैतानिक होइन वैतनिक हुनुपर्छ । त्यस्तो भएपनि तत्काल आवश्यकता भइसक्यो । यति भयो भने पनि तत्कालको लागि केही राहत हुन्छ । तर दुतावास बनाउदा नै मुलुकलाई धेरै फाइदा हुन्छ । अर्को महत्वपुर्ण कुरा भनेको कृषि मजदुरलाई रोजगारीका लागि पनि गन्त्ब्य बनाउन सकिन्छ । पोर्चुगल भनेको इजरायल, दक्षिण कोरिया जस्तै रोजगारीको गन्त्ब्य पनि बनाउन सकिन्छ । यी सवै बिषय मैले परराष्ट्रमन्त्री समक्ष राखेको छु ।  
यसका साथै हामीले सरकारलाई नेपालमा पनि पोर्चुगिस दुतावास स्थापनाका लागि कुटनीतिक पहल थाल्न भनेका छौ । नेपालमा नै पोर्चुगिस दुतावास स्थापना भयो भने नेपालबाट दिल्ली सम्म आउन जानका र प्रति परिवार झण्डै दुई लाख नेपाली रुपैया बचत हुनुको साथै दुई देश बीचको सम्बन्ध पनि बिस्तार हुन्छ भन्नेर भनेका छौ । रोजगारीका लागि संभ्व्य मुलुकलाई पोर्चुगललाइृ लिने पछै कृषि रोजगारीका लागि इजरायल जस्तै हुने छ । 

 

]]>