देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

देशान्तर

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् ।

प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् ।