देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस चौतारीका गणेशको असुली धन्दा

देशान्तर


काठमाडौं । बिभिन्न समयमा बिभिन्न काण्डमा मुछिएर बदनाम भएका एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यले अहिले दाङमा पत्रकारिताको आडमा पदको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूबाट रकम असुलीको धन्दा चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका प्रेस संयोजकसमेत रहेका पत्रकार आचार्यले पद र शक्तिको दुरुपयोग गर्दै विभिन्न कार्यालयबाट काम गराइदिने भन्दै रकम असुलेको पाइएको छ ।
आचार्यले यातायात कार्यालय तुलसीपुरबाट सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै रकम असुलेका हुन् । कार्यालयमा पुग्ने पद र शक्तिको दुरुपयोग गर्दै राजपुर गाउँपालिकाका नोखबहादुर कुमालसँग १५ हजार रुपैयाँ असुलेको देशान्तरलाई खबर प्राप्त भएको छ ।
आचार्यले एनआईसी एसिया बैंक शाखा कार्यालय तुलसीपुरमा रहेको आफ्नो बैक खाता नम्बर ०६५५७५१८९६०५७००१ मा रकम हाल्न लगाएको तथ्य फेला परेको छ । यातायात कार्यालयमा आफूले भनेको मान्ने मान्छे रहेको र उनीहरूलाई पनि बुझाउनु पर्ने भन्दै पत्रकार आचार्यले विभिन्न व्यक्तिहरूसँग लामो समयदेखि रकम असुल्दै आएका छन् ।
मोटरसाइकल, स्कुटर, अटोलगायतका सवारीसाधनहरूको चालक अनुमतिपत्र निकालिदिने भन्दै पत्रकारिताको आडमा लामो समयदेखि आचार्यले धन्दा नै चलाएको बुझिएको छ । गणेश आचार्यले पत्रकारिताका आडमा धम्क्याउने आफूले भनेको नमाने उनीहरूका विरुद्धमा समाचार लेखिदिने भन्दै पीत पत्रकारिता मच्चाउने गरेका छन् ।
मादक पदार्थ सेवन गर्दै बजारमा होहल्ला गर्दै हिँड्ने पत्रकार आचार्यलाई दर्जनौँ पटक प्रहरीले नियन्त्रणमा लिने गरेको छ भने अन्य विभिन्न घटनामा पनि यसअघि मुछिएका छन् ।