देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुप्से होलिडेजले ४ हजार ४४४ रुपैयाँमै भियतनाम घुमाउने

देशान्तर

काठमाडौं । घुमघाममा रुची राख्ने नेपाली पर्यटकका लागि रुप्से होलिडेजले किस्ताबन्दीमै भियतनाम घुम्ने योजना ल्याएको छ ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार ५ दिनको भियतनाम टुरको लागि करिब १ लाखको प्याकेज घोषणा गरिएको छ । एकैपटकमा बुझाउने पर्यटकका लागि कुल ८९ हजार ९९९ रुपैयाँ र १८ महिनाको किस्ताबन्दीमा घुम्न जानेका लागि मासिक ४ हजार ४४४ रुपैयाँको प्याकेज घोषणा गरिएको हो ।

किस्ताबन्दीमा घुम्न जाने पर्यटकले सुरुमा २० हजार रुपैयाँ बुझाउनुपर्नेछ । त्यसपछि मासिकरुपमा ४ हजार ४४४ रुपैयाँका दरले १८ महिनासम्मको मासिक किस्तामा रकम भुक्तानी गर्न सक्नेछन् ।