देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिनदिनै थपिदैछन् देवि गुरुङविरुद्ध उजुरी दिने नेपालीहरु

देशान्तर

क्वालालमपुर । मलेसियामा होटल व्यवसाय गर्दै आएकी देवि गुरुङले रकम लिएर फिर्ता नगरेको भन्दै दैनिक उजुरी दिने नेपालीहरु बढ्दो छन् । उनले घर पठाउने भन्दै र सापटि स्वरुप लिएको रकम फिर्ता नगरेपछि उजुरी दिनेहरूको संख्या बढेको हो । 

मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिं बस्न्यात र दूतावासविरुद्ध अनर्गल प्रचार गरेको भन्दै दूतावासले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ । मंगलबार जारि विज्ञप्तिमा महेन्द्रजंङ शाह र देवि गुरुङले नेपालमा पत्रकार सम्मेलन गरि राजदूत र दूतावास विरुद्ध गरेको झुटो प्रचार गरेकोमा दुई जना सम्बन्धमा स्पष्ट पारेको छ । </span>

विज्ञप्तिमा महेन्द्रजंग शाहले विदेशआई अलपत्र परेकाहरुलाई भिषा लगाई दिन्छु, घर पठाई दिन्छु भन्दै मोटो रकम लिएको र नक्कली काम गरि सम्पर्क विहिन हुने गरेको उजुरी परेको थियो । उनले एनआरएन मलेसियाका अध्यक्ष रहदा सचिवलाई नक्कली भिषा लगाई मलेसिया ईमिग्रेसनको थुनामा पु¥याएको, महासचिव र अन्य सदस्यलाई पनि नक्कली भिषा लगाएको विज्ञप्तिमा उल्लेख छ । 

शाहले यस्तो कामगरि अलपत्र पारेपछि एनआरएनबाट विज्ञप्ति जारि गरि पद मुक्त गरेको थियो । दर्जनौ उजुरी परेका शाहलाई मलेसियाका प्रहरि प्रमुख तानश्री खालीद अबुबकरले आतंककारीको आवागमनमा सहज हुने खालका नक्कली कागजात जारि गरेको विश्वास भएको मलेसियामा समाचार आएको पनि बिज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै देवि गुरुङ आफै पनि भिषा विहिन रहेकि र हिमालयन रेष्टुरेण्ट सञ्चाल नगर्दै आएकी श्रीमान्सँग मिलेर अलपत्र परेका नेपालीहरुलाई घर पठाई दिन्छु, भिषा लगाई दिन्छु, पासपोर्ट बनाई दिन्छु भनेर मोटो रकम लिई अलपत्र पारेको उल्टै पिडितहरुलाई ज्यान मार्ने धम्किदिएको दर्जनौ उजुरी दूतावासमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनको रेष्टुरेण्टबाट १४ सक्कल नागरिकता र एक राहदानी पनि घरधनीले दूतावासमा बुझाएको जनाईएको छ । 

विज्ञप्तिमा श्रम गर्न आएका नेपालीहरुलाई ठग्ने तथा चरम दुःखदिनेलाई कार्बाहि गर्न राजदूतावास दृढ रहेको र गंभीर विषयमा समाचार संप्रषण गर्नु पहिले दूतावासमा पनि बुझेर समाचार प्रकासितगर्न सम्बन्धित संचार माध्यामलाई आग्रह गरिएको छ । 

देवि गुरुङको ६ महिनापहिले देखि उजुरी आएको र घर पठाउन सेटिङ गर्दा अध्यागमनले उनको मान्छेहरु समातेर जेलमा राखेको थियो ।  सो को समाधानको लागि पटक पटकदूतावासले खबर गर्दा उपस्थितनजनाउने लुकिछिपी हिडे पछि यहाँको सम्बन्धितनिकायमाखबर गरेको दूतावास श्रोतले जनाएको छ । त्यस लगतै पक्राउ परेकि गुरुङ २१ दिन जेल बसे पछि नेपाल फर्केकी हुन् । 

नेपाल फर्केर पत्रकार सम्मेलन गरेकि उनलाई धेरैले नेपाल गएको थाहा भएपछि नेपाल र मलेसियामा आप्mनो रकम उठाई दिन उजुरी गर्न थालेका हुन् । उनले संञ्चालन गर्दै आएको हिमालयन रेष्टुरेण्टका कामदारहरु पनि विचल्लीमा छन् । सोहि रेष्टुरेण्टका कामदारहरु भीमबहादुर आले, कमला मेङहाङ र कुमारी अन्यत्र रेष्टुरेण्टमा कामगरि रहेका छन् । १७ महिना तलब पाउन बाँकि भीमबहादुर ऋण गरेर घर जादैछन् । १६ महिना काम गरेकी कमला र कुमारी पनि अरुको सहारामा बसिरहेका छन् । 

६ महिनापहिले चितवनपिप्लेका कृष्ण कुमार थापाले १४ हजार रिङगेट, डिल कुमार मगरले ८ हजार, रोल्पाका बिष्णु कुमार दमाई र गोपाल डाँगिले क्रमश ७ हजार र २ हजार ८ सय, नवलपरासिका उमेश चमारले ३ हजार खोटाङका मेजरमान राईले १ हजार ९ सय, सिन्धुपाल्चोकका पूर्ण बहादुर कार्कीले ८ हजार ३ सय रिङगेट दिएको उजुरी दिएका छन् । सामान्य हजार, पन्ध्र सय दिनेहरुले आशा मारेको र उजुरी दिएका छैनन् भने ३०/४० हजार मोटो रकम लिनेहरुले पनि उजुरी दिएका छैनन् ।  

उनले दिनु पर्ने उजुरीको आधारमा ९२ हजार रिङगेट वा करीब २५ लाख रुपैयाको उजुरी छ भने अन्यव्यवसायिहरुको करीब २५ लाख रुपैया मात्र मलेसियामा फिर्ता गर्नु पर्ने हुन्छ । सिंगापुरमा पनि अबैध काम गरेर थाईल्याण्ड हुदै मलेसिया छिरेकि गुरुङले रकम दिनु पर्नेहरुलाई दूतावासमा उजुरी नदिन र दिएमा त्यहि मान्छे लगाएर मार्ने धम्किसमेत दिएको पिडितहरुले जानाकारि दिए । यस बारेमा बुझ्न नेपालमा सम्पर्क गर्दा गुरुङले फोन उठाईनन् । 

 

]]>