देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सकारात्मक काम गर्नेसँग दूतावासले सधै सहकार्य गर्छ– राजदूत बस्न्यात

देशान्तर

क्वालालम्पुर । मलेसियामा सकारात्मक काम गर्ने कुनै पनि संघ संस्थाहरु वा कम्पनि छन् भने उनिहरुसँग नेपाली राजदूतावास सहकार्य गर्न सकारात्मक रहेको राजदूत डा. निरञ्जनमान सिं बस्न्यातले बताएका छन् । 

गत शुक्रबार नयाँ शक्ति नेपाल विदेश विभाग मलेसियाले क्वालालम्पुरमा गरेको भेटघाट कार्यक्रममा डा. बस्न्यातले कतिपय संघ संस्थामा आबद्ध नेपालीहरुले नेपालीहरुलाई नै पीडित बनाएकोले त्यस्ता वाहेक सकारात्मक काम गर्ने संघ संस्थासँग दूतावास सहकार्य गर्न सधै तत्पर रहेको उनले वताए ।  

विना लिखीत निवेदन वा उजुरी दूतावासले काम गर्न नसक्ने र दलालहरुले पिट्ने डरले पीडीतिहरुले नदिने गरेको अनुभव सुनाउँदै राजदूत बस्न्यातले लिखित उजुरी आएमा यहाँको प्रशासन समक्ष जानाकारि गराई दोषीलाई जसरि पनि कारवाही गराईछाड्ने प्रतिवद्धता दोहोर्याए । उनले लाखौ नेपाली श्रमीकहरु रहेको मलेसियामा सर्ब प्रथम श्रमीकलाई परेको दुःख कमगर्ने कामलाई दूतावासले प्राथमिकता दिएको पनि उनले जानकारी दिए । साथै आर्थिक कुटनीतिकमा दूतावासले सक्दो काम गर्दै आएको र अझै शसक्त रुपमा गर्ने पनि बताए ।

आफू राजदूत भएर आएपछि ५५ हजार अबैधानिक नेपालीहरुलाई नेपाल फर्काएको, घर फिर्ति केन्द्रमा रहेका हाल सम्म ६ सय १२ नेपालीहरुलाई दूतावासको पहलमा निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको, राजदूतावासले वकिलको नियूक्ति गरेको, रेडियो संञ्चालन गरेको, पहिलेको भन्दा अहिले श्रमीकहरुको सजिलोको लागि छुट्टा छुट्टै काउण्टर तथा २४ घण्टे हटलाईनको व्यवस्था गरेको जस्ता उपलब्धीको फेहरिस्त उनले प्रस्तुत गरे । 

केहि व्यक्तिहरुले २ हजार देखि ३ हजार रिङगेट सम्म असुलेर घर फर्कने श्रमीकहरुलाई अझ तड्पाएर धेरै दिन झुलाएर राखेको फर्काउन नसके पछि पिडितहरु दूतावास सम्म उजुरी दिन आउन थालेको तथा नेपालीहरुले नै श्रमीक माथि यस्तो निक्रिष्ट काम गरेकोमा आफू अचम्मित तथा दुखित भएको उनले सुनाए । ‘यस्ताहरुलाई कारवाही गर्न यहाँको प्रशासनमा पत्राचार गरि सकेको छु’, बस्न्यातले जानकारी दिए । 

नयाँ शक्ति मलेसियाले हालै भएको भन्सार सम्बन्धि नियम, गैर कानूनिरुपमा काम गरेकाहरु विभिन्न कारणले मृत्यू हुदाँ कसरि नेपाल पठाउने, जेलमा कसरि जान सकिने र भाषाको ज्ञान भएमा उनिहरु छुट्न सक्ने, हुण्डिको कारोबारबाट नेपालीहरु ठगिने, श्रम संझौता अन्तरगत ईन्स्योरेन्सको बारेमा दूतावाससंग जानाकारि र समस्याको समाधानको बारेमा छलफल गरेका थियो । 

नयाँ शक्ति नेपाल मलेसियाका संयोजक भानुभक्त देवकोटाको नेतृत्वमा सदस्यद्धय नर बहादुर सुनार र राजु ढुङगाना प्रनिलले उक्त समस्याहरु प्रस्तुत गरेका थिए । दूतावासले वकिल राखि सकेको हुँदा वकिलले सबै जेल निरिक्षण गरि तल्लो र माथिल्लो अदालतमा गरि ८ नेपालीलाई मृत्यूदण्डको सजाँय सुनाएको जानाकारि प्राप्त भएको र यसमा दूतावासको तर्फबाट वकिलले बहस गरिरहेको राजदूत बस्न्यातले जानाकारि दिए । 

ईन्स्योरेन्सको हकमा सुतेको अवस्थामा नै मृत्यू भएको तथा आत्महत्या बाहेक कामको शिलशिलामा मृत्यू भएकाहरुलाई मलेसियाको कानून अनुसार २५ सय रिङगेट र नेपालमा हाल १० लाख रुपैया उपलब्ध हुने दूतावासका श्रम सहचारि बुद्धिनाथ भट्टराईले बताए । 

हुण्डि सम्बन्धमा यसबाट यहाँको बैंक नेगराले पनि कडा निगरानि गरि राखेको छ र कसैले नेपालीहरुलाई हुण्डिबाट ठगि भई रहेको छ भन्ने लिखित उजुरी आएमा सम्बन्धित निकायलाई जानाकारि दिई कार्बाहि अगाडि बढाउने दूतावासका द्धितीय सचिव तथा प्रबक्ता उत्तम शाहिले जानाकारि दिए । 

 

]]>