देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घरफिर्ति केन्द्रका थप १६ नेपाली घर फर्किए

देशान्तर

क्वालालम्पुर । मलेसियामा जेल सजाय काटिसकेपछि घर फर्किने हवाई टिकट अभावमा रहेका घर फिर्ती केन्द्रमा रहेका १६ जना नेपालीलाई मलेसियास्थित नेपाली राजदूतावासले निशुल्क टिकटमा नेपाल पठाएको जनाएको छ । बैदेसिक रोजगार प्रबद्र्धन बोर्डको सहयोगमा उनीहरुलाई नेपाल एयर लाइन्सको उडान नं। ५१३ मार्फत मंगलबार नेपाल पठाएको विज्ञप्ती मार्फत जनाएको छ ।

मलेसियाको सेपाङमा रहेको केएलआईए सेलाङगर डिपोमा दश दिन अघि गएको राजदूतावासको टोलीले उनिहरुको उद्धार गरेको हो ।

कञ्चनपुरका बालकृष्ण गौतम, गंगादत्त जैसी, कास्कीका सुरेश तामाङ, ईलामका अनिता समाल र गंगाराम रिमाल, गुल्मिका तोया बहादुर कुवँर क्षेत्री, रुकुमका कमारा पुन मगर, पाँचथरका प्रताप थापा, सिरहाका राम दयाल यादब, मकवानपुरका किरण गोपाली, धनुषा शन्तोष कुमार यादब, रुपन्देहिका यूवराज अधिकारि र सम्सेर बहादुर जिसी, पाल्पाका कृष्ण बहादुर कुमाल, भोजपुरका गणेश दाहाल र झापाका तिल बिक्रम नेम्वाङ रहेका छन् ।

उद्धार गरिएका नेपाली मध्ये दूताबासले हालसम्म ६१२ जनालाई निशुल्क घर पठाइसकेको छ । अझै पनि त्यस्ता केन्द्रहरुमा रहेका नेपालीलाई घर फर्काउने दुतावासले जनाएको छ ।

]]>