देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटमा एमालेकरण भयो : माओवादी केन्द्र

देशान्तर

काठमाडौं । सरकारको दोश्रो  ठुलो घटक माओवादी केन्द्रले बजेटमा आफ्ना सुझाव नपरेको भन्दै आलोचना गरेको छ । सिंहदरबारस्थित संसदीय दलमा बसेको माओवादी हेडक्वार्टरका ९ सदस्यसहितको संसदीय दल बैठकले प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहालले गरेको ९ बुँदे सहमतिको प्रतिविम्ब बजेटमा नआएको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने, युद्धकालका सहिदका परिवार, घाइते र बेपत्ता परिवारलाई १० लाख दिने आश्वासन दिइए पनि बजेटमा त्यो नआएको भन्दै नेताहरुले आलोचना गरे ।

बैठकमा बोल्दै दाहालले सहमतिको भावनाअनुरुप सरकारले चल्न नखोजेको, प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले एमालेकै मात्र सरकार बनेको जस्तो शैली देखाएको भन्दै आपत्ति जनाएका थिए ।

‘माओवादीले पाएका कृषि, ऊर्जा, शिक्षा मन्त्रालय अन्तर्गत योजना पारिएका छैनन, परेका मध्येमा पनि बजेट कम छ,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘समग्रमा बजेट सकारात्मक त छ, तर उहाहरुको शैली ठिक हुँदै भएन । यो त पूरै एकलौटी भयो ।’ कान्तिपुर दैनिकमा समाचार छ।

]]>