देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवनशैली र प्रविधि बिकास



पृथ्वीमा मानिस कहा“बाट आए वा वैज्ञानिकहरूले भने जस्तै करिब दुई लाख वर्ष अगाडि अफ्रिकाको भूगोल हु“दै विकसित हु“दै गए, यो बहसको विषय हो ।Dryopithecus, Ramapithecus, Aushalopithecus, Homo Habits, Homo Erectus, Homo Sapiens / Homo Sapiensयी सात विकासका चरणहरू हामीले मानब सभ्यताको विकासक्रम भनेर पढ्दै, सुन्दै र बुझ्दै आएका हौं । चरणगत विकासक्रममा हरेक चरणमा हामीले विभिन्न प्रविधिको प्रयोग गरी हाम्रो जीवनशैलीलाई सहज बनायौं । हामीले ढुंगेयुगमा धनुष र भालाजस्ता सामान्य उपकरणले सिकार गर्न सिक्री आफूलाई परिस्कृत गर्दै गयौं भन्दै गर्दा हामीलाई पृथ्वीमा अहिले अस्तित्वमा रहेका इजिप्टका पिरामिड, सिन्धुघा“टीका सभ्यताजस्ता कुराहरूले २१औ शताब्दीसम्म हामीले उपलब्धि हासिल गरेको विकसित सभ्यताभन्दा ती पुराना सभ्यता नै हामीभन्दा विकसित थिए कि भनेर आकलन गर्न सक्ने परिस्थति छ । यद्यपि आजका दिनसम्म आइपुग्दा पौराणिक कथाहरूमा सुनिने पुष्पक विमान, टाढाटाढासम्म सूचना आदानप्रदान र एक ग्रहबाट अर्को ग्रहसम्मको यात्रासमेत सम्भव हुने अवस्थामा पुग्ने परिस्थति बनिसकेको छ ।

यी सबैको सुरुवात १८८० को दशकमा Heinrich Hertzले प्रमाणित गरेको रेडियो वेभको कारण पनि सहज बन्दै गएको हो । आजको अबस्थाको सञ्चार क्षेत्रको विकास Heinrich ले प्रमाणित गरेको रेडियो वेभको कारण सम्भव भएको हो ।
Wright Brothers ले हवाईजहाजको विकासको सुरुवात गरे । आज Heinrich Hertz र Wright Brothers ले जसरी सञ्चार क्षेत्रको र विमानको विकासक्रम सुरुवात गरे त्यसमा गरिने अन्य कामका लागि information theory का जननी Claude को महत्वपूर्ण भूमिका रह्यो । १९४० को दशकमा विकास भएको ENIACले आज महत्वपूर्ण डिस्पिटल उपकरणमा आफूलाई प्रतिस्थापन गराइसकेको छ । यसरी मानव विकासक्रमलाई डिजिटल प्रविधि, अत्याधुनिक सञ्चार प्रविधि,द्रुतगतिको यातायातको साधनको प्रविधिलगायत शिक्षा र स्वास्थ्यमा समेत भइरहेको अतुलनीय विकासले उत्कृष्ट बनाउ“दै लगिरहेको छ । यसबाट मानिसको औसत आयुमा वृद्धि भइरहेको छ भने बालमृत्यु दरलगायतका अन्य मृत्युदर पनि न्यूनीकरण गरिरहेको छ । मानिसको औसतआयुको वृद्धिस“गै उसको ज्ञान, सीपबाट विज्ञानमा थप उपलब्धि हासिल भइरहेको छ । यसैकारण १९६९ मा मानिस चन्द्रमामा पुग्दा त्यहाको लिखित सन्देश, ध्वनि सन्देश र दृश्य सन्देश हामीले तत्कालीन अवस्थामा जसरी आदानप्रदान गर्न सक्यौं आज हामी त्योभन्दा धेरै विकसित अवस्थामा पुगिसकेका छौ ।

यसरी सूचना प्रविधिको विकासक्रमलाई नियाल्दै जा“दा मानव जीवनमा सूचना तथा प्रविधिको विकासले अहम् भूमिका खेलेको छ । आज सूचना प्रविधिको विकासका कारण विकसित राष्ट्रका प्रविधिहरू गरिब मुलुकको विकासमा उपयोग भइरहेको छ ।
नेपालको कुनै अस्पतालमा बिरामीको शल्यक्रिया गर्न युरोप, अमेरिकालगायतका प्रोफेसरहरूको सहभागिता प्रविधिको मार्फत गर्न सकिने अवस्थामा हामी पुगेका छौ । अहिले हामीInternational Space Station का इन्जिनियरहरूस“ग पृथ्वीको एउटा काठामा बसेर कुराकानी गरिरहेका हुन्छौं ।
निकट भविष्यमै हामी मंगल ग्रहमा मानव बस्ती विकास गरी दुई ग्रहमा रहेका मानिसबीच सूचना सन्देश आदानप्रदान गरिरहेका हुन सक्ने सम्भावना छ । यसरी विभिन्न प्रविधिको एकमुष्ठ विकासबाट मानिसले छिट्टै नै समयको सीमिततामा रहेको अहिलेको मानव जीवनचक्रको अवस्थाबाट आफूलाई माथि उठाउन सक्ने सम्भावना पनि देखिएको छ । प्रविधिकै विकासका कारण आज हामी Habitable Exoplanate हरूको खोजीसमेत गरिरहेका छौं । पृथ्वीमा जस्तै मानिसहरू बस्नलायक ग्रहहरूलाई हामी Habtable Fxoplanate भन्दछौं । अहिले पृथ्वीमा हामी पानी, हावा र तापक्रम जुन अवस्थामा भेट्दछौं सोही समानता रहेको अर्काे पृथ्वी वा ग्रह हामीले अत्याधुनिक सूचना तथा सञ्चारका उपकरणको मार्फत पत्ता लगाइरहेको अवस्था छ । Kepler Mission ले पृथ्वी जस्तै Kepler–62 F, Kepler–62 E र kepler 62 C जस्ता Habitable zones पत्ता लगाइसकेको छ । अबको विकासक्रम भनेको मानिसका आधारभूत आवश्यकताहरू पूरा भएको अत्यन्तै द्रुतगतिको रकेट निर्माण गर्न सक्नु नै हुनेछ जसले हामीलाई मंगल ग्रह मात्र नभई Habitable Exoplanate मा पनि अर्काे घर बसाउन मद्दत गर्नेछ ।

क्रमशः
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीय दर्शनका अध्येयता हुन् ।)