देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पका ३३ शव अझै बेवारिसे

देशान्तर

काठमाडौं । विनाशकारी भूकम्पमा मृत्यु भएका ३३ जनाको बेवारिसे शव र मानव आवशेष महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा कुहिएर रहेका छन् । त्यसमध्ये केही शव विदेशी नागरिकका छन्।

काठमाडौं, लाङटाङ रसुवा र दोलखाबाट ल्याइएका ती शव कुहिएको दुर्गन्धका कारण संगै जोडिएको बिरामी उपचार कक्ष र स्थानीय बासिन्दामा समेत महामारी फैलिएर भयावह स्थिति उत्पन्न हुनसक्ने भन्दै शिक्षण अस्पतालको फोरेन्सिक विभागले गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

वैशाख १२ र २९ गतेको भूकम्पमा परी मृत्यु भएकामध्ये काठमाडौंकै १५ वटा, रसुवाको लाङटाङबाट ल्यााइएका १५ वटा र दोलखाबाट ल्याइएका तीनवटा शव रहेको गृहलाई पठाइएको पत्रमा उल्लेख छ ।

केही सग्ले र कतिपयचाहिँ अंगभंग अवस्थाका शव ‘बडी व्याग’मा हाली कोड नम्बर दिएर राखिएको विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीले बताए । अन्नपूर्ण  पोष्ट दैनिकमा समाचार छ ।

]]>