देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक वर्षपछि केपी ओली र राजेन्द्र महतोबीच वार्ता

देशान्तर

काठमाडौं । घाइते भएर मलिन मुद्रामा पुस २४ गते दिल्ली उडेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो प्रफुल्ल हुँदै आइतबार दिउँसो काठमाडौं ओर्लिए। आफूसँग माफी नमागुन्जेल प्रधानमन्त्री केपी ओलीसँग नभेट्ने अड्डी लिँदै आएका उनी १ वर्ष १० दिनको कलह अन्त्य गर्दै साँझपख मुसुमुसु प्रधानमन्त्री निवास बालुवाटार छिरे। ‘प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं फर्केको हुँ,’ महतोले विमानस्थल ओर्लेपछि प्रष्टीकरण दिए, ‘नत्र दिल्लीबाट सिधै मधेस जान्थें।’

यसो भन्दैगर्दा अनुहारमा कुनै चिडचिडाहट थिएन। बरु बालुवाटारमा साँझ ‘सहमतिका लागि वातावरण बनाउन प्रधानमन्त्रीसँग सकारात्मक भेटघाट’ भएको सन्देश प्रवाह गर्दै घर गए। ‘प्रधानमन्त्रीसँग सौहार्द कुराकानी भएको छ, चाडै समाधानका लागि वार्तालाई सफल बनाउन वातावरण बनाउने सहमति भएको छ,’महतोले भने। यसअघि दिल्ली भ्रमणबाट मोर्चाका अरु नेता काठमाडौं फर्के पनि महतो भने यता नआई उतैबाट वीरगन्ज फर्केका थिए। आक्रामक अभिव्यक्तिका लागि चर्चित दुई पात्र ओली–महतो सम्बन्धको ग्राफ आ–आफ्नै स्वभावका कारण उतारचढाव भइरहन्छ। एक वर्षअघि महतोले नेपालको समथर तराईलाई मधेस प्रदेश कायम गरिनुपर्ने माग दोहोर्‍याएपछि एमाले अध्यक्ष ओलीले ‘बिहार र युपीलाई पनि मधेसमै मिलाउने ?’ भन्ने प्रतिप्रश्न गरेका थिए।

ओलीले त्यो भनाईप्रति माफी नमागुन्जेलसम्म आफू भेटघाटमा नजाने जिकिर गर्दै महतो बालुवाटार बैठकबाट उठेका थिए। यस बीचमा ओलीले माफी त मागेनन्, बरु आफैं प्रधानमन्त्री बनेर बालुवाटार छिरे। दिल्ली बस्दा साताअघि बालुवाटारको नम्बरबाट फोन गएपछि सन्तुष्ट महतो यसपालि आफैं ओलीलाई भेट्न पुगेका हुन्। ओलीलाई महतोको भारतीय मोबाइल नम्बर दिएका थिए, तमलोपा अध्यक्ष महन्थ ठाकुरले। ठाकुर उपचारका लागि आइतबारै दिल्ली उडेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

]]>