देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको लिखित आग्रह

देशान्तर

काठमाडौं । कोसी प्रदेशका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गर्दै प्रदेश प्रमुखलाई लिखित आग्रह गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले विश्वासको मत गुमाएको भन्दै दुई दलले बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र दिँदै नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै पत्र दर्ता नगराएको ती दललाई जानकारी गराएको थियो । प्रदेश प्रमुख खापुङले संविधान र नियम कानुनअनुसार नै आफू अघि बढ्ने बताएका छन् ।