देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपीडितको व्यथा : नक्कलीको पोल्टामा राहत

देशान्तर

काठमाडौं । भूकम्प प्रभावित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा वास्तविक पीडितभन्दा टाठाबाठाले राहत बढी पाएका छन् । कतिपयले सुरुकै १५ हजार पाएका छैनन् भने न्यानो कपडा कालािग दिइने रकम पनि सुस्त गतिमा वितरण भइरहेको छ ।  

धादिङमा वास्तविक भूकम्पपीडितहरुको पहिचान गरी सिफारिस गर्ने स्थानीय संयन्त्र र गाविस सचिवहरुले मनोमानीले भूकम्पले संरचना पूर्ण क्षति भएकाहरु समस्यामा परेका छन् । वास्तविक पीडितले न्यूनतम राहत समेत पाउन सकेका छैनन्। तर सदरमुकाममा ५ तले पक्कीघर भएकाहरुले राज्य र संस्थाहरुबाट पाउने नगद लगायत सबै राहत कुम्ल्याएका छन् ।

प्रथम चरणको क्षति विवरण संकलन गर्ने क्रममा आंशिक क्षति भएका र क्षति नै नभएका घर परिवारले ‘क’ वगएको परिचयपत्र लिएको र सरकारी नगद राहत बुझेको भेटिएको छ ।  पूर्ण क्षति भएका सयौँ अझैपनि सरकारी राहतबाट बञ्चित भएका छन् ।

जिल्लामा बास्तविक घरधुरी ७३ हजार ८ सय ५१ भएपनि भूकम्पपछि ८३ हजार घरधुरीले पूर्ण क्षति देखाएर ‘क’ वर्गको भूकम्पपीडित परिचयपत्र लिएका छन् । अझैपनि आफ्नो नाम छुटेको भन्दै थप १५ हजारले निवेदन दर्ता गएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>