देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आरालोमा एमाओवादीको आर्थिक कारोबार

देशान्तर

काठमाडौं । एकीकृत माओवादीले आर्थिक वर्ष ०७१/७२ मा ४ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उसको आयव्यय ओरालो लागेको छ।

अघिल्लो वर्षको तुलनामा उसको कारोबार झन्डै ३ करोड घटेको छ। अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ७ करोड हाराहारीमा आर्थिक कारोबार गरेको थियो । एमाओवादी केन्द्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कारोबार घट्नुमा पार्टी सदस्यहरुको नवीकरणदेखि अन्य आर्थिक स्रोतहरुको अवस्था कमजोर देखिनु मूल कारण हो ।

 निर्वाचन आयोगमा पार्टीको तर्फवाट बुझाउन तयार पारिँदै गरेको आर्थिक आय व्यय प्रतिवेदनमा उसले आर्थिक वर्ष २०७१/७२ मा ४ करोड रुपैयाँको आम्दानी खर्च भएको देखाएको छ।  राजधानी दैनिकमा समाचार छ।

]]>