देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनको विधेयकलाई टेबुल गर्न दिएर सहयोग गर्न आग्रह

देशान्तर

काठमाडौं । तत्कालीन सरकारले अघि बढाएको संविधान संशोधनसम्बन्धी विधेयकमा मधेसी दलको समर्थन जुटाउन कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले शनिबार तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसित वार्ता गरेका छन् ।

सिटौलाले अध्यक्ष ठाकुरलाई संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकलाई ‘टेबुल’ गर्न दिएर सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेसले मधेसी मोर्चाको सहमतिमा नै संविधान संशोधन गर्न चाहेको बताउँदै सिटौलाले दर्ता भएको विधेयक छलफलका लागि मात्रै अघि बढाउन चाहेको बताएका थिए ।

संसदको कार्यसूचीमा रहँदै आएको संविधान संशोधनको विधेयकलाई सरकारले हटाएर पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयकमात्रै अघि बढाएका कारण कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>